महायज्ञमा एकै दिन ४६ लाख बढि संकलन

मंङ्गलबारसम्म एक करोड २१ लाख 

पोखरा, १ असोज/पोखरा – ७ मासबारस्थित श्रीकृष्ण माविमा आयोजित श्रीमद्भागवत् विराट ज्ञान महायज्ञमा मङ्गलबार मात्रै ४६ लाख ८९ हजार पाँच सय ८१ रुपैया संकलन भएको छ। विहीबारदेखि शुरु भएको महायज्ञमा मंङ्गलबारसम्म एक करोड २१ लाख ७४ हजार पाँच सय ८६ रुपैया संकलन भएको अर्थ संयोजक पिताम्बर बरालले जानकारी दिए।

उच्च मावि संचालन, विद्यालयको शैक्षिक एवं भौतिक विकासका लागि आयोजना गरिएको महायज्ञमा दिनप्रतिदिन दानवीर र भक्तजनको सहभागिता बढ्दै गइरहेको बरिष्ठ उपाध्यक्ष तेजनारायण अधिकारीले बताए। उनले मङ्गलबार मात्रै झण्डै दुई हजार भक्तजनको सहभागिता रहेको जानकारी दिए। स्थानिय समुदायको सहभागिताले बढ्दै गइरहेको छ अधिकारीले भने – अझै धैरै दानवीर आउँन बाँकि नै छ, सवैले सक्दो दान गरी महायज्ञलाई सफल बनाउने अपेक्षा गरेका छौ। महायज्ञ असोज ३ गतेसम्म चल्ने छ।school

महायज्ञमा युवा पण्डित कमलनयन गौतम प्रमुख वाचक रहेका छन्। महायज्ञको संचालन बरिष्ठ उद्घोषक नेत्रपाणी बाँस्तोलाले गरेका छन्। प्रचार संयोजक राममोहन आचार्यका अनुसार मङ्गलबार विद्यालयका शिक्षक÷कर्मचारीले ७ लाख ७८ हजार, पोखरा – ७ मासबारस्थित चिल्ड्रेन नेपालले तीन लाख ५५ हजार पाँच सय ५५, विष्णुहरि बरालले तीन लाख ३३ हजार तीन सय ३३, दिलकुमारी÷गोमादेवी बरालले दुई लाख ५५ हजार पाँच सय ५५, लिलाचन्द्र बरालले दुई लाख २२ हजार दुई सय २२, मुत्तिनाथ÷मोती पौडेलले दुई लाख एक हजार एक सय १, राष्ट्रबैक चोकस्थित मोतिचन्द्र स्मृति प्रतिष्ठानले एक लाख ५५ हजार पाँच सय ५५, मासबारका मित्रलाल बरालले एक लाख ५५ हजार पाँच सय ५५, डिल्लिराम बरालले एक लाख ५१ हजार एक सय ५१, मिठुदेवी बरालले एक लाख ३३ हजार तीन सय ३३, होमनाथ बरालले एक लाख ३३ हजार तीन सय ३३ प्रदान गरेका छन्।

त्यसैगरी, मासबारका नारायणप्रसाद बराल(सानो)ले एक लाख १५ हजार पाँच सय ५५, डम्बरकुमारी बरालले एक लाख १२ हजार पाँच, रामेश्वर बरालले एक लाख ११ हजार एक सय ११, शान्तिनगरका मिठुदेवी बरालले एक लाख ११ हजार एक सय ११, नुवारथोकका युवराज बरालले एक लाख ११ हजार एक सय ११, गुणानिधि बरालले एक लाख पाँच हजार पाँच सय ५५, मासबारका बालाकृष्ण बरालले एक लाख एक हजार एक सय ११, बासुदेव÷पुर्ण गिरीले एक लाख एक हजार एक सय ११ प्रदान गरेका छन्।

साथै पोखरा शान्तिनगर निवासी नागरिक समाजका अगुवा रामबहादुर पौडेलले आमा चन्द्रकली पौडेलको ८४ औ जन्मदिनको पुजा खर्चबाट महायज्ञमा गोप्य दान गरेका छन्। महायज्ञ मुल आयोजक समितिका अध्यक्ष डण्डराज शर्माले महायज्ञमा सहभागि भई भागवत् श्रवण गर्न तथा आफ्ना पितृहरुको मुक्तिका लागि सक्दो आर्थिक तथा जिन्सि सहयोग गरी विद्यालयको भौतिक तथा शैक्षिक विकासमा सहभागि हुन सबैलाई आव्हान गरेका छन्।

कमेन्टहरु
Loading...