मालपोतमा काम बनेन …………..

पोखरा, १ असोज/ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल आवद्ध संस्था सुशासनका लागि नागरिक समाज कास्कीले मंगलवार कास्कीको मालपोत कार्यलयमा मोवाईल गुनासो संकलन गरेको छ । विहान १० वजेदेखि दिउँसो ३ वजेसम्म मालपोत कार्यालय कास्कीको परीसरमा नै गुनासो संकलन गरिएको हो । गुनासो संकलन कार्यक्रममा २० वटा लिखित गुनासो तथा उजुरी परेको टि.आई नेपाल÷सुनासका कार्यक्रम अधिकृत भानु पराजुलीले जानकारी दिनुभयो । अन्य मौखिक तथा गुनासो सम्वन्धी सोधपुछ ५० जना भन्दा वढिसंग भएको थियो । मालपोत कार्यालयमा रहेका फाँटवाला कर्मचारी र विचौलिया दलालवाट वढि दुख झेल्नु परेको गुनासो स्थानिय सेवाग्राहीले गरेका छन् । सवै प्रक्रिया पूरा गरी मालपोत कार्यालय गयो, हस्ताक्षर गरेपिच्छे नै पैसा माग्ने तथा लालपूर्जा वनाउँदा ५ सय रुपैयाँ पैसा माग्छन् नदिई सुखै छैन् नागरिकले टिआईसंग गुनासो पोखे । मालपोत कार्यालयमा भएको विकृतीका वारेमा जतिपटक वोलेपनि यहाँको सुधारका विषयमा सुनुवाई कम भएको अवस्थामा टि.आई तथा सुनासले कार्यालयमा डेस्क नै राखेर गुनासो सुन्न थालेको पहलप्रति मालपोतका सेवाग्राहीले खुसी प्रकट गरेका छन् । टि.आई सुनासले मालपोत कार्यालय परिसरमा नै गुनासो सुनुवाई तथा उजुरी संकलन थालेपछि, लेखन्दास तथा दलालहरुले विहान केहीवेर कार्यक्रमलाई अवरोध गर्न खोजेका थिए ।

जिल्ला मालपोत कार्यालय कास्कीका प्रमुख रघुनाथ अधिकारीको उपस्थितीमा गुनासो सुनुवाई तथा उजुरी संकलन सुरु गरिएको हो । यस खालको गुनासो सुनुवाई गर्ने परिपाटी कास्कीका सवै सेवाग्राहीको भीड लाग्ने कार्यालयमा जुनसुकै समयमा पनि गरिने कार्यक्रम अधिकृत भानु पराजुलीले जानकारी दिनुभयो । सुनास कास्कीका अध्यक्ष पुण्य पौडेलको नेतृत्वमा उपाध्यक्ष श्याम कुँवर, सदस्य विष्णु पौडेल, टिआईका कार्यक्रम अधिकृत विनोद भट्टराई र श्रीलंकाका टिआई प्रतिनिधि हरिथ लगायतको सहभागिता रहेको थियो ।

मालपोत कार्यालय कास्कीका प्रमुख अधिकारीलाई कार्यालयमा टि.आई नेपाल तथा सुनासले गरेको कार्यक्रममा आएका गुनासाका वारेमा सुनासका अध्यक्ष पुण्य पौडेलले जानकारी गराउनुभएको थियो । अध्यक्ष पौडेलले मालपोतमा आएका जायज गुनासालाई तत्काल सम्वोधन गर्नपनि अधिकारीलाई आग्रह गर्नुभयो । मालपोत कार्याललयमा प्रमुख रघुनाथ अधिकारीले सेवाग्राहीको सहयोगमा लागि टिआई÷सुनासले थालेको पहल सकरात्मक भएको प्रतिक्रिया दिनुभयो । उहाँले कार्यालयमा आएका गुनासा तत्काल सुनुवाई गर्ने र सुधार गर्ने प्रतिवद्धता गर्नुभयो ।

कमेन्टहरु
Loading...