पोखरामा अन्तर लायन्स फुटवल शुरु

पोखरा, १ असोज/पोखरामा फोर्ड दाश्रो अन्तर लायन्स क्लब फुटबवल प्रतियोगिता सुरु भएको छ । मंगलवार विहान सुरु भएको प्रतियोगितामा २ खेलहरु सम्पन्न भएका छन् । मंगलवार सम्पन्न खेलहरुमा आयोजक लायन्स क्लब अफ पोखरा पिस सिटि, लायन्स क्लब अफ पोखरा मुनाल विजयी भए ।
गत बर्षको उप बिजेता टिम लायन्स क्लब अफ हेम्जा र लायन्स क्लब अफ पोखरा मुनाल बिच सम्पन्न पहिलो खेलको निर्धारीत समयमा १÷१ गोल भई खेल बराबरमा टुङिगए पछि पेनाल्टी सुट आउटमा हेम्जा बाहिरिएको थियो । मुनालले हेम्जालाई ५–४ गोल अन्तरले पराजीत ग¥यो । lions footballप्रतियोगिता अन्र्तगत अपहन्न सम्पन्न दोश्रो खेलमा आयोजक टिम लायन्स क्लब अफ पोखरा पिस सिटि र लायन्स क्लब अफ पोखरा सृजना चौतारीबीच सम्पन्न खेलमा पिस सिटिले सृजना चौतारीमाथि १०–१ को विशाल गोल अन्तरले पराजीत ग¥यो । आयोजक पिस सिटिको तर्फबाट शैलेष रायमाझिले ३, दिवश कुँवर ३, बलराम केसी र प्रदिप श्रेष्ठले क्रमश ः २÷२ गोल गरेका थिए भने सृजना चौतारीको तर्फबाट अरुण थापाले १ गोल गरेका थिए । पिस सिटी गत बर्षको बिजेता टिम हो ।

त्यसअघि विहान पोखरा १ बगर स्थित टुँडिखेल, खेल मैदानमा प्रतियोगिताको उद्घाटन गर्दैे कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ मल्टीपल काउन्सिल चेयरपर्सन दिपक श्रेष्ठले लायन्स क्लबहरु समाज सेवा र रचनात्मक कार्यमा लागीरहेको बताउँदै धेरै चुनौती हुँदा हुँदैपनि लायन्स क्लब अफ पोखरा पिस सिटिले स्थापनाको छोटो अवधीमा नै रचनात्मक काम गर्नु प्रशंसनीय भएको वताउनुभयो । यसै गरि कार्यक्रमका बिशिष्ठ अतिथि लायन्स लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ बी१ नेपालका डिष्टिक गर्भनर युक्त प्रसाद श्रेष्ठले लायन्स क्लबहरुबीचमा फुटवल प्रतियोगिता आयोजना हुुनु लायन्स क्लबहरुकै लागि गौरबको विषय भएको वताउनुभयो ।

क्लबका अध्यक्ष प्रशान्तराज धमलाको सभाध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा क्लबका संस्थापक अध्यक्ष सुदिपराज ढुङ्गाना, प्रथम उपाध्यक्ष ख्याम नारायण काफ्ले सचिव टंकराज अधिकारीले बोल्नु भएको थियो । आगामी ५ गते सम्म हुने सो प्रतियोगितामा कास्की जिल्ला र छिमेकी जिल्लाका कुल २४ वटा लायन्स क्लबहरुले प्रतिश्पर्धा गर्देछन् । लायनहरुबीचमा आपसी भाईचाराको विकास गर्ने उद्देश्यले आयोजीत सो प्रतियोगिताको विजेता क्लवले २५ हजार ५ सय ५५, उपविजेता क्लवले १५ हजार ५ सय ५५ र तेश्रो स्थानले ५ हजार ५ सय ५५ रुपया रुपया नगदको साथमा मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजक लायन्स क्लब अफ पोखरा पिस सिटिले जनाएको छ ।

कमेन्टहरु
Loading...