विश्व पर्यटन दिवसमा विभिन्न कार्यक्रम हुने

पोखरा, १ असोज/विश्व पर्यटन दिवसको अवसरमा पोखरामा विभिन्न कार्यक्रम हुने भएका छन् । पोखरा पर्यटन परिषद, पर्यटन सगँ सम्बन्धी सघसंस्था, ललितकला प्रज्ञा प्रतिष्ठान, पोखरा उद्योग वाणिज्य संघ लगाएतले विभिन्न कार्यक्रम गरी मनाउ लागेका हुन् । सोहि अनुरुप आज देखि १५ गते सम्म पोखराको कोमगाने पार्कमा अन्तराष्टिय मूर्तिकला कार्यशाला शुरु भएको छ ।

त्यसै गरि सेक्टेम्बर २५ गते मर्दीखोला खानेपानी मुहान सरसफाई र सेतीनदीमा जलयात्रा, २७ सेप्टेम्बरमा रेवानको आयोजनामा मिनि सडक महोत्सव, पश्चिमाञ्चल होटल संघको आयोजनामा विमान र पर्यटन वसबाट आउने पहिलो पर्यटकलाई स्वागत, फेवातालबाट जलकुम्भी झार झिक्ने कार्यक्रम र पोखरा लुम्बिनी रुटमा पर्यटक बसको शुरुवात लगाएतका कार्यत्रम गर्न परिषद्का अध्यक्ष सुर्य भुजेलले जानकारी दिए ।

यस वर्षको विश्व पर्यटन दिवसको नारा पर्यटक र पानी भविस्यलाई जोगाइ राखै रहेको बताउदै भुजेलले पानीका मुहान जोगाउने खाल्का अन्य कार्यक्रम पनि गरिने बताए । कार्यक्रमा माउण्टेन ओभरल्याण्ड टुर्स एण्ड टाभल्सका सन्चालक गणेश भट्राईले लुुम्बिनी, चितवन, पोखरा र काठमाडौमा पर्यटकलाई सुविदा दिन पोखरा लुम्विनी आराम दायी यातायात सेवा शुरु गर्न लागेको बताए ।

उनले यस अगाडी नै काठमाडौ र चितवनका लागी पोखराबाट बस सेवा शुरु भैसकेको बताए । कार्यक्रमा रेवान पोखराका अध्यक्ष गोपी भट्राई, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संजिव बहादुर कोइराला, नाटाका अध्यक्ष केदार शर्मा लगायले पर्यटनका बारेमा चर्चा गरेका थिए ।

कमेन्टहरु
Loading...