श्रीकृण्ण माविको महायज्ञमा ७५ लाख दान संकलन

पोखरा, ३१ भदौ। पोखरा – ७ मासबारस्थित श्रीकृष्ण माविमा आयोजित श्रीमद्भागवत् विराट ज्ञान महायज्ञमा दानवीर र भक्तजनको सहभागिता बढ्दै गइरहेको छ। महायज्ञमा सोमबार दानवीर र भक्तजनको घुइचो अत्याधिक बढेपर्छि व्यवस्थापन गर्न आयोजकलाइ हम्मेहम्मे परेको थियो।

महायज्ञमा बढ्दै गइरहेको सहभागितासँगै हामी उत्साहित भै रहेका छौ महायज्ञ मुल आयोजक समितिका उपमहासचिव एवं विद्यालयका प्रधानाध्यापक केदारनाथ अधिकारीले भने – महायज्ञमा अझै सहभागिता बढ्ने अपेक्षा गरेका छौ। उनले समाजसेवी, आमा समुह र टोल विकास संस्थालाई विद्यालयको विकासका लागि खुलेर दान गर्न पनि आव्हान गरेका छन्।school

महायज्ञमा सोमबारसम्ममा ७४ लाख ८५ हजार ६ रुपैया संकलन भएको अर्थ संयोजक पिताम्बर बरालले जानकारी दिए। प्रचार प्रसार संयोजक राममोहन आचार्यका अनुसार, महायज्ञमा सोमबार पोखरा – ७ मासबारका रमाकान्त÷निर्मला बरालले दुई लाख २२ हजार दुई सय २२, नुवारथोकका निलकण्ठ बरालले एक लाख ५५ हजार पाँच सय ५५, अन्नपुर्ण टोलका रामप्रसाद बस्ताकोटीले एक लाख ५१ हजार एक सय ११, मासबारका हरिप्रसाद बरालले एक लाख ५१ हजार एक सय ११, मेघनाथ÷तारामाया÷तारानाथ÷तेजनारायण अधिकारीले एक लाख १५ हजार पाँच सय ५५, गोविन्द गिरीले एक लाख ११ हजार एक सय ११ र मासबार आमा समुहले एक लाख १ हजार एक सय ११ रुपैया प्रदान गरेका छन्।

त्यसैगरी, पोखरा – ७ मासबारका पुष्पराज गिरीले ६६ हजार ६ सय ६६, पुष्पराज पौडेलले ६६ हजार ६ सय ६६, हरिकला पौडेलले ६६ हजार ६ सय ६६, जनप्रिय मार्गका शुभद्रा पौडेलले ५५ हजार पाँच सय ५५, शान्तिनगरका कृष्णप्रसाद सुवेदीले ५५ हजार पाँच सय ५५, मासबारका विश्वनाथ पौडेलले ५१ हजार एक सय ५१, मधु गिरीले ५१ हजार एक सय ५१, लिलाभक्त बरालले ५१ हजार एक सय ५१, रामजी÷सरिता भट्टराईले ५१ हजार एक सय ५१ प्रदान गरेका छन्।

साथै मासबारका चिन्तामणि शर्माले ३५ हजार पाँच सय ५५, राष्ट्रबैक टोल विकास संस्थाले ३५ हजार ५४, मासबारका विष्णुप्रसाद बरालले ३३ हजार तीन सय ३३, बसन्तनाथ भट्टराईले २७ हजार सात सय ७७, पोखरा – ८ सिमलचौरका दुर्गाबहादुर सुनारले २५ हजार एक सय ११ र मासबारका नवराज गिरीले २५ हजार एक रुपैया प्रदान गरेका छन्।

उच्च मावि संचालन, विद्यालयको शैक्षिक एवं भौतिक विकासका लागि आयोजना गरिएको महायज्ञ विहीबारसम्म चल्ने छ। महायज्ञबाट तीन करोड रुपैया संकलन गर्ने लक्ष्य लिइएको छ। महायज्ञमा युवा पण्डित कमलनयन गौतम प्रमुख वाचक रहेका छन्। महायज्ञको संचालन बरिष्ठ उद्घोषक नेत्रपाणी बाँस्तोलाले गरेका थिए।

महायज्ञमा सहभागि भई भागवत् श्रवण गर्न तथा आफ्ना पितृहरुको मुक्तिका लागि सक्दो आर्थिक तथा जिन्सि सहयोग गरी विद्यालयको भौतिक तथा शैक्षिक विकासमा सहभागि हुन महायज्ञ मुल आयोजक समितिले सवैलाई आव्हान गरेको छ।

कमेन्टहरु
Loading...