प्रेस चौतारी गण्डकीको अध्यक्षमा ज्ञवाली

पोखरा, ३१ भदौ /प्रेस चौतारी नेपाल गण्डकी अञ्चल समन्वय कमिटीको अध्यक्षमा रामकृष्ण ज्ञवाली चयन भएका छन् ।rk

कमिटीको बैठकले ज्ञवालीलाई अध्यक्षमा चयन गरेको हो । कमिटीको सचिवमा किसान संगीत नेपाली, सदस्यहरुमा श्याम कुँवर, श्रीराम सिग्देल, प्रेमनारायण न्यौपाने, खेम सारु, जमुना शर्मा वर्षा, सुरेन्द्र पौडेल, प्रकाशचन्द्र भट्टराई, ईश्वर पाण्डे, हिमलाल पराजुली, भीमपाणि बराल, भीमलाल श्रेष्ठ र अनुवबाबु श्रेष्ठ चयन भएका छन् । प्रेस चौतारीका महिला उपाध्यक्ष शान्ति गुरुङले नवगठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सपथग्रहण गराइन् ।

कमेन्टहरु
Loading...