युवा उद्यमीलाई तालीम

पोखरा, ३१ भाद्र/नेपाली युवा उद्यमी मञ्च पोखराले पोखरेली युवा उद्यमी, वित्तिय संस्था, व्यवसायीक प्रतिष्ठान का व्यवसायीक व्यक्तित्वहरुको लागी Reach the Zenith विषयक उत्प्रेरणामुलक तालिम कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षक महेश दाहालले प्रशिक्षण दिनुभएको कार्यक्रममा साठी जनाको सहभागीता रहेको थियो ।कार्यक्रममा व्यवसायीक सफलता हासील गर्न सकारात्मक सोंच, दृढ निश्चयता, दुरदृष्टि, समुहगत रुपमा फरक कार्यशैली, सहि समय ब्यवस्थापन आदि विषयमा विभिन्न उदाहरण सहित खेल तथा श्रव्य दृष्यको माध्यमबाट सिकाएका थिए । कार्यक्रमको समापन समारोहमा नेपाल उधोग वाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै यस्तो तालीमबाट उत्प्रेरित भएर युवाहरुले व्यवसायीक नेतृत्व लिई देशको आर्थिक समृद्धिमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा दक्षिण एशीयाली युवा उद्यमी मञ्चको गरिमामय अध्यक्ष पदमा निर्वाचीत हुनु भएकोमा सौरभ ज्योती ज्यू लाई कार्यक्रमका सभापति तथा नेपाली युवा उद्यमी मञ्च पोखराका अध्यक्ष देवेनसन प्रजूुले सम्मान गरे ।

 nyef training for press

कमेन्टहरु
Loading...