मिस डाईनामिकको तयारी पुरा

पोखरा, ३१ भदौ/स्टार टिम वर्क नेपालको आयोजनामा पहिलोपटक हुन लागेको सौन्दर्य प्रतियोगिता ‘मिस डाईनामिक’ को तयारी अन्तिम चरणमा पुगेको छ । मिस डाईनामिकको असोज पाँच गते फाईनल हुँदैछ । प्रतियोगिताको आयोजकले फाईनलको लागि तयारी पुरा भैसकेको बताएको हो । दलित युवतीहरुबिच हुन लागेको सौन्दर्य प्रतियोगितामा हाल पश्चिमाञ्चल क्षेत्रका १४ जना युवतीहरु फाईनलमा भिड्नका लागि विभिन्न प्रशिक्षण लिईरहेका छन् ।
पहिचानसंगै क्षमताको समेत खोजी गर्ने प्रतियोगिताको उद्देश्य भएको आयोजकले दाबी गरेका छन् । मिस डाईनामिकको उपाधी विजेताले एउटा हार्टफोर्ड फेन्सिङ स्कुटर प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागीहरुलाई विभिन्न शिर्षकमा समेत उपाधी दिईने प्रतियोगिताका संयोजक प्रकाशदिप नेपालीले बताए ।
प्रशिक्षण अन्तरगत सोमबार मिस डाईनामिकमा सहभागी प्रतियोगीहरुलाई एमालेका युवा नेता रविन्द्र अधिकारीले व्यक्तित्व विकास सम्बन्धि प्रशिक्षण दिएका थिए । उनले प्रतियोगीहरुलाई अन्तरनिहित क्षमता विकासका लागि राजनीतिक चेतना पनि आवश्यक भएको प्रशिक्षणको क्रममा बताए ।miss dimanak
उस्तै प्रकृतिको अर्को सौन्दर्य प्रतियोगिता कारण विवादमा आएको मिस डाईनामिकको आयोजकले आफुहरु कुनै प्रतियोगिताको प्रतिस्पर्धी नभएको जिकिर समेत गरेको छ । ‘हामी विसुद्ध रुपमा पहिचान र हाम्रो समुदायमा रहेका युवतीहरुको क्षमता विकासका लागि यो कार्यक्रम गरेका हौँ ।’ आयोजक संस्था स्टार टिमवर्क नेपालका निर्देशक प्रेम बहादुर परियारले भने–‘हामीलाई अरुसंग सरोकार छैन, हामी हाम्रो लक्ष्यप्राप्तिका लागि दृढ छौँ ।’

कमेन्टहरु
Loading...