मोडेल बचत तथा ऋण सहकारी संस्थाको छैटौं साधारणसभा

पोखरा, ३१ भदौ /मोडेल बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा ८ सिर्जनाचोकको छैटौं साधारणसभा तथा सम्मान कार्यक्रम शनिबार पोखरामा सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै पृथ्वीनारायण बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. देवेन्द्रबहादुर लामिछानेले शेयर सदस्यहरुबाट संकलन गरिएको निक्षेप उत्पादनमुलक क्षेत्रमा लगानी गरेर निजी क्षेत्रलाई आर्थिक अभियानमा डोर्याउन सहकारीको विशेष भूमिका रहेको बताउनु भयो ।
लामिछानेले शेयर सदस्य प्रा.डा. चन्द्रबहादुर थापा र एसएलसी परीक्षामा शेयर सदस्यका छोराछोरीमध्ये उत्कृष्ट अंक प्राप्त गर्ने उत्सव पौडेल, अनङ्ग थपलिया र रुवी अधिकारीलाई माडेल पुरस्कार, नगद र प्रमाणपत्रले सम्मान गर्नु भएको थियो । सम्मानित व्यक्तित्व प्रा.डा.चन्द्रबहादुर थापाले सहकारीको सुरुवात सन् १८४४ मा बेलायतबाट सुरु भएको भनिए तापनि ऐतिहासिकताको अनुसन्धान गर्दै जाँदा शितले घैला भरिन्छ भन्ने नेपाली मान्यताबाट नै सहकारीको अवधारणा आएको हो भन्नु भयो ।
कार्यक्रममा सल्लाहकार देवका पहारी, गोविन्दबहादुर श्रेष्ठ, हरिप्रसाद बराल, उत्सव पौडेल, शान्ति रानाभाट, सुरेश के.सी., सितादेवी पौडेल लगायतका वक्ताहरुले सहकारीका विषयमा आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णप्रसाद शर्माले भावी योजनासहितको प्रगति विवरण र प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष राजीव उपाध्यायले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक बाबुराम लामिछानेले प्रस्तुत गर्नु भएको लेखा समितिको प्रतिवेदन साधारणसभाले अनुमोदनसहित पारित गरेको थियो ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शारदा गुरुज्यूले स्वागत मन्तयसहित सहकारीका सात सिद्धान्त वाचन गर्नु भएको थियो । शिक्षा समितिका संयोजक हरिप्रसाद बरालले धन्यवाद र आभार व्यक्त गर्नुका साथै सचिव नगेन्द्रबहादुर भण्डारीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...