चक्रदेवी बहुमुखि सहकारीको साधारणसभा

पोखरा, ३१ भदौ/लेखनाथ ८ शिशुवामा रहेको चक्रदेवी बहुमुखि सहकारीको ४६ औँ साधारणसभा एवं अधिबेशन आज सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दे लेखनाथ नगरपालिका का कानुनी सल्लाहकार राममणि अधिकारीले सहकारीले निक्षेप संकलन गरि कर्जा प्रवाह गर्ने मात्र नभएर सदस्यहरुलाई उद्यमी बनाउन पहल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि कास्की सहकारी संघका उपाध्यक्ष रबिरमण अधिकारीले संचालक समिति, कर्मचारी र शेयर सदस्य सहकारीका मुख्य खम्बा भएको बताउदै सहकारीको प्रगतिमा सवैको महत्वपुर्ण भुमिका रहेको धारणा ब्यतm गर्नुभयो । अर्का अतिथि लेखनाथ उद्योग वाण्ज्यि संघका अध्यक्ष बाबुराम गिरिले राष्ट्रिय उत्पादन बढ्न नसक्दा नेपालीहरु बाहिरी उत्पादनमा निर्भर रहनुपरेको बताउनुभयो ।

गिरिले उच्च लाभका लागि एक्लैले भन्दा पनि सामुहिक रुपमा ब्यवसायमा लाग्न सुझाव दिदै उद्यमका विषयमा सहकारीले ठोस कार्ययोजना ल्याएमा त्यसलाई मुर्त रुप दिन उद्याृग वाणिज्य संघले पहल गर्ने प्रतिबद्धता ब्यतm गर्नुभयो । सहकारीका अध्यक्ष सोमलाल कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कामना विकास बैङकका प्रबन्धक विष्णुप्रसाद गौतम, शिशुवा कृषि सहकारीका ब्यवस्थापक बाबुराम थापा, राप्रपाका नन्दबहादुर गुरुङ, समाजसेवी भुवानीप्रसाद बाँस्तोला, बामदेव जमरकटटेल, राधा गौतम , योगराज लामिछाने लगायतले बोलेका थिए । कार्यक्रमको संचालन सविच शिवराज अधिकारीले गरेका थिए ।

कमेन्टहरु
Loading...