उपल्लो मुस्ताङवासी जाडो छल्ने भन्दै व्यापार गर्न वेसीतिर, गाउँहरु सुनसानहुदै

पोखरा १६, कार्तिक/हिमाली जिल्ला मुस्ताङका वासीन्दालाई जाडो वढ्न थालेपछि वेशी झर्न थालेका छन् । उपल्लो मुस्ताङवासी सधैं झै यस वर्ष पनि जाडो वढ्न थालेपछि हतार हतार खेती थन्काएर जाडो छल्न लालाबाला सहित बेसी झन थालेका छन् । उनिहरु नेपालका विभिन्न ठाँउ र भारतमा व्यवसाय गर्ने गर्दछन् । गाउँका अधिकासं वासीन्दा बेशि झर्नथालेपछि गाउँ सुनसान हुन थालेको छ ।

उवा, फापर, जौं लगायतका खेती थन्काएर भारी र लालावाला सहित उपल्लो मुस्ताङवासीलाई वेसीतिर झर्न चटारो छ । नेपालका विभिन्न जिल्ला तथा भारतको लुधियाना, आसाम, पन्जाब, बनारस लगायतका शहरमा ब्यापार गर्न छोन्हुप, छोसेर, लोमन्थाङ, सुर्खाङ, चराङ, छुसाङ, घमी लगायतका गाविसका स्थानीय बासिन्दा कार्तिक शुरु देखिनै बेशी झर्न थालेका हुन ।

कार्तिक मसान्त देखि फागुन मसान्त सम्म मुस्ताङ्गका अधिकांस बासिन्दा जाडो छल्न झर्ने गर्दछन् । मंसिर देखि फागुन सम्म हिउ पर्ने र अत्यन्तै जाडो हुनेहुनाले बुढाबुढी बाहेक प्राय सबै अनेत्र जाने गरेको छोण्हुपका स्थानीय बासिन्दा कर्मसम्टुक गुरुङले बताए । गाउँमा बुढाबुढी, घरकुरुवा र गोठालाहरुमात्रै हुने भएकाले सुनसान हुन थालेको छ ।

चार महिना पछि बर्ष भरीका लागि उपभोग्य सामान खरिद गर्दै उनिहरु आफ्नो गाउँ फर्कने गर्दछन् । भारत जानेहरु असोज तिरै त्यसतर्फ लागि सकेका छन् । आफुहरु व्यापारमा गए पनि बिद्यालय जाने केटाकेटीलाई भने उनीहरुले पोखराको घुम्ती विद्यालयमा पढाउने गरेका छन् ।

छोसेरको दिव्यदिप माविले लामाचौरमा र लोमन्थाङ स्थित राष्ट्रिय निमाविले नागढुंगामा कार्तिक १४ गते देखि घुम्ती विद्यालय सञ्चालन गरि सकेको छन । यि घुम्ति विद्यालयका प्रति विद्यार्थीलाई नेपाल सरकारले प्रति महिना करिब पन्ध्र सय रुपयौका दरले बिगत ६ बर्ष देखी रकम उपलब्ध गराउदै आएको जिल्ला शिक्षा कार्यालय मुस्ताङका बिद्यालय निरिक्षक बिदुरहरी आचार्यले बताए ।

कमेन्टहरु
Loading...