आजदेखि टि–२० जिल्ला क्रिकेट छनौट प्रतियोगिता

पोखरा ३१ भदौ । पोखरामा आजदेखि टि–२० जिल्ला क्रिकेट छनौट प्रतियोगिता सुरु हुदैछ । जिल्ला क्रिकेट संघको आयोजनामा हुने पोखराको नगर प्रशिक्षण केन्द्रमा हुने पतियोगिता असोज ३ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा कास्की जिल्ला क्रिकेट संघमा आबद्ध ६ क्रिकेट क्लबले सहभागिता जनाउने भएका छन् । सहभागि क्लबलाई दुई समुहमा बिभाजन गरी लिग कम नक आउटको आधारमा खेलाईने संघले जनाएको छ । समुह बिजेता दुई क्लबले असोज ३ गते फाईनल खेल्नेछन् ।

प्रतियोगिताबाट छनौट भएका खेलाडहरुले कास्की जिल्लाको प्रतिनिधित्व गर्दै असोज ६ देखि ८ गतेसम्म पोखरामा हुने क्षेत्रिय छनौट प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । क्षेत्रिय प्रतियोगितामा छनौट भएका खेलाडिहरुले असोज १० देखि १७ गतेसम्म काठमाण्डौमा हुने राष्ट्रिय प्रतियोगितामा क्षेत्रनम्बर ८ को प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छन् ।

कमेन्टहरु
Loading...