नेकपा–माओवादी सहित ३३ दलको बन्दले पोखरा सहित पश्चिमाञ्चल ठप्प

नेकपा माओबादीका पाँच जना नेता पक्राउ

सागर राज तिमिल्सिना
पोखरा ३१ भदौ/नेकपा माओवादी नेतृत्वको ३३ दलिय मोर्चाले आबहन गरेको बन्दको कारण आज बिहानै देखि पोखरा सहित पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलका ५ जिल्लाको जनजिबन प्रभाबित बनेको छ । बन्दको कारण पोखराबाट बाहिरने र भित्रने लामो तथा छोटो दुरीका कुनैपनि सवारी साधन संचालनमा आएका छैनन् । पोखराको सडक सुनसान छन् । बन्दकर्ताहरु बिहानैदेखि सडकमा निस्केका छन् । पोखराका बिभिन्न चोकहरुमा बन्दकर्ताहरु खटिएका छन् ।

सुरक्षाकर्मीहरु पनि बाक्लो मात्रामा परिचालन गरिएको छ । बन्दको कारण बजार, पसल, शिक्षण संस्था कलकारखान सबै ठप्प छ । कास्कीको लेखनाथमा बन्द गराउदै हिड्का नेकपा – माओबादीका ५ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लेखनाथको तालचोकमा सवारी संचालनमा अबरोध गर्ने क्रममा क्षेत्रिय सेक्रेटरी गोकुल पराजुली, नगर सेक्रेटरी किसानसिंह गुरुङ, जिल्ला सदस्य हरि दुवाडी र गंगा परियार पक्राउ परेका हुन् । उनिहरुलाई डाडाको नाक प्रहरी चौकीमा राखिएको छ ।IMG_6375

मोर्चाले मंसिर ४ गतेको लागि तोकिएको निर्बाचन पछि सार्न, पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धिको बिरुद्ध र १८ बुदे माग सम्बोधनको लागि दवाब स्वरुप गण्डकी, धौलागिरी, लुम्बीनी र राप्ती अञ्चल बन्द आबहन गरेका हुन् । पर्यटकिय नगरीमा बन्दको सबैभन्दा बढी मार पर्यटकले खोप्नु परेको छ । सिमित समयको भ्रमण तालिका बनाएर यस क्षेत्रमा आएका पर्यटकहरु होटलबाट बाहिर निस्कन सकेका छैनन् ।

बन्दका क्रममा प्रेस, एम्बुलेन्स, मानवअधिकार, कुटनीतिक नियोग, पर्यटक, दुध तथा तरकारी बोक्ने यातायातका साधन भने चल्न दिने नेकपा–माओवादी कास्कीले जनाएको छ । यसै विच पोखराबाट काठमाण्डौ १० र पोखराबाट चितवन २ वटा पर्यटक वसहरु विहान छुटेका छन । बन्दको प्रभाव विहानै देखि पोखरा क्षेत्रमा परेको छ ।

यसैबिच पोखराका पर्यटन ब्यबशायीले पर्यटकिय क्षेत्रमा बन्दहड्ताल नगर्न आग्रह गरेका छन् । पर्यटकिय सिजन सुरु हुने बेला गरिएको बन्दले पर्यटन उद्योगमा नराम्रो प्रभाब पार्ने उनिहरुले बताएका छन् । पर्यटकलाई निर्बाध र निर्भयताको साथ आवातजावतको ब्यबस्था मिलाउन उनिहरुले आग्रह गरेका छन् । मोर्चासम्बद्ध संयुक्त आन्दोलन परिचालन समिति कास्कीले आइतबार नाराबाजीसहित पोखरामा मसाल जुलुस प्रदर्शन गरेको थियो ।

कमेन्टहरु
Loading...