पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसनको साधरणसभा

भदौ ३०, पोखरा/पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसियसन पोखराको आठौैं वार्षिक साधरणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । साधरण सभाको नेपाल अटोमोवाइल डिलर्स एशोसियसन (नाडा)का अध्यक्ष अध्यक्ष शेखर गोल्छाले एक कार्यक्रमका बीच उद्घाटन गरे । सो अवसरमा बोल्दै अध्यक्ष गोल्छाले नाडा र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसनको आयोजनामा पोखरामा ‘नाडा सो’ गरिने बताएका छन् ।

आगामी ६ महिनाभित्र नाडा सो गरिने उनको भनाइ छ । सो अवसरमा अटोमोवाइलको राष्ट्रिय प्रदर्शनी गरिने गोल्छाले बताए । त्यसैगरी नाडालाई महासंघमा रुपान्तरण गर्ने तयारी भइरहेको अध्यक्ष गोल्छाले जानकारी दिए । नाडालाई महासंघमा रुपान्तरणका लागि विधान संसोधनको लागि प्रक्रिया अगाडि बढिसकेको बताइएको छ । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले अस्थिर राजनीतिले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको बताए ।Nada

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसनका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा सम्पन्न साधारण सभामा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संजीवबहादुर कोइराला, संघका प्रथम उपाध्यक्ष विन्दुकुमार थापा, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसनका संस्थापक अध्यक्ष राजेन्द्रकुमार बाटाजू, पोखरा उपमहानगरपालिकाका कार्यकारी प्रमुख झलकराम अधिकारी, एशोसियसनका महासचिव मोहन खड्का लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...