लायन्स क्लबद्वारा शीर्जनशील कलाकार समूहलाई डेढ लाख सहयोग

भदौ ३०, पोखरा/लायन्स क्लब्स अन्तर्राष्ट्रिय जिल्ला ३२५ बी १ नेपाल अन्तर्गत पोखरास्थित सम्पूर्ण लायन्स क्लबहरुको तर्फबाट शीर्जनशील कलाकार समूह पोखरा कास्कीलाई १ लाख ५० हजार आर्थिक सहयोग प्रदान गरीएको छ । आइतबार एक कार्यक्रमका बिच लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला ३२५ नेपालका मल्टीपल काउन्सिल चियरर्पसन लायन दीपक श्रेष्ठले समूहका अध्यक्ष पदम घलेलाई उक्त सहयोग चेक प्रदान गरेका हुन् ।समूहलाई पोखराको महेन्द्रपुलमा आर्ट ग्यालरी निर्माणमा सहयोग पु¥याउने उद्देश्यले रकम प्रदान गरिएको श्रेष्ठले जानकारी दिए । आर्ट ग्यालरी निर्माण भएपछि कलाको विकासमा र पर्यटकीय नगरी पोखराको पर्यटन विकासमा अझ थप टेवा पुग्ने उनको विश्वास छ । समूहका अध्यक्ष पदम घलेले लायन्स क्लबले सहयोग गरेको रकमको सही सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।handover photo 1
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा शिक्षाविद् अशोक पालिखे, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संजीवबहादुर कोइराला, बरिस्ठ पत्रकार नारायण कार्की, शीर्जनशील कलाकार समूहका अध्यक्ष पदम घले, लायन्स डिस्टीक ३२५ बि १ का दितिय भाइस गभर्नर लायन ध्रुब ब थापा, डिस्टीकका लायन तिर्थलाल श्रेष्ठ, गोकर्ण कार्की, सोनाम सानपो, धनिराम बराल,बिधाता द्धा लगायतले लायन्सले गरेको सामाजिक कार्यहरु बारे जानकारी गराएका थिए । सोही अवसरमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संजीवबहादुर कोइरालाले शीर्जनशील कला समूह पोखरा कास्कीलाई व्यक्तिगत ५ हजार रुपैयाँ सहयोग गरे । कार्यक्रम लायन तिर्थलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको लायन्स डिस्टीक ३२५ बि १ का इभ्यालुयशन चिफ कोअर्डिनेटर लायन दुर्गाप्रसाद हुमागाईले बताए ।

कमेन्टहरु
Loading...