लेखनाथ उद्योग बाणिज्यसंघमा नयाँ नेतृत्व

अध्यक्षमा गिरी भारी मतले बिजयी , सदस्यमा पुरानै अनुहारको बर्चश्व
पोखरा ३० भदौ । लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा बाबुराम गिरी निर्बाचित भएका छन् । संघको शनिबार राति सम्पन्न नबौ अधिबेशनबाट गिरी ५ सय दुई मत ल्याई बिजयी भएका हुन् । उनका प्रतिद्धन्दी एल के शर्माले ३ सय १६ मत प्राप्त गरेका छन् । शर्मा गिरी भन्दा एक सय ८६ मतले पछाडि परेका हुन् । खुल्ला १० सदस्य पदको लागि १७ जनाको उम्मेदवारी परेकोमा ८ पुराना अनुहार बिजयी भएका छन् । सदस्य पदमा सर्बाधिक मत ल्याई लक्ष्मी प्रसाद त्रिपाठी बिजयी भएका छन् । उनले सबैभन्दा बढी ६ सय ४ मत ल्याएका छन् ।
दोस्रो नम्बरमा छत्रधर आत्रयले ५ सय ६५ मत प्राप्त गरे । त्यस्तै बिनोद श्रेष्ठले ५ सय १२, भरतकुमार अधिकारी ५ सय ४२, बलराम ढकाल ५ सय १५, गितादेबि सुबेदी ४ सय ९३, कृष्णहरि भण्डारी ४ सय ८८ ई. वसन्तमोहन भट्टराई ४ सय ७७, ऋषिराम जमरकट्टेल ४ सय ६१ र जगत बराल ४ सय ५८ मत सहित बिजयी भएका छन् ।
चुनाबी मैदानमा रहेका दामोदर भक्त थापाले ४ सय ५१, दयाराम तिवारी ४ सय ३९, देवराज पन्थी ४ सय ३२, हरि लामिछाने ४ सय १४, रामजी पौडेल ३ सय ७४, दिपेन्द्रज्वती ढुङ्गाना ३ सय २ र पुर्षोत्तमजंग भण्डारीले २ सय ८१ मत मात्र प्राप्त गरी पराजित भएका छन् ।lcci
यसैगरी एक जना महिला सदस्य पदको लागि चार जनाको उम्मेदवारी परेकोमा मेनुका श्रेष्ठ २ सय ९२ मत प्राप्त गरी बिजयी भईन् । महिला सदस्यमा राधार सापकोटाले एक सय ८२, प्रभा पौडेल एक सय ६६ र बिमलाकुमारी थापा बस्नेतले एक सय ६२ मत ल्याई पराजित भएका छन् । सदस्यमा बिजयी भएकाहरु सबै गिरी पक्षको रहेको बताईएको छ । शर्माको पक्षमा लागेकाहरु कसैले पनि जित हात पार्न सकेनन् । यसअघिनै संस्थागतमा दुर्गा अधिकारी र एशोसिएट तर्फ सदस्यमा प्रशान्तराज धमला निर्बिरोध भैसकेका थिए ।
नया समितिको कार्यबिभाजन पछि हुने बताईएको छ । निर्बाचित पदाधिकारीको कार्यकाल दुई बर्षको लागि हुनेछ । निर्बाचन आयुक्त खगेन्द्रप्रसाद आचार्य संयोजक रहेको निर्बाचन समितिले शनिबार रातिनै निर्बाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराएका थिए । ८ सय ८७ कुल मतदाता मध्य निर्बाचनमा ८ सय ४७ मत खसेको थियो । निर्बाचनमा २३ मत बदर भएको थियो । लेखनाथ उद्योग बाणिज्य संघमा बढी मत रहेका लक्ष्मी हाउस, कर्माचार्य ग्रुप, कुँवर ब्रदर्श लगायतको समर्थन पाएका नब निर्बाचित अध्यक्ष गिरी निबर्तमान महासचिब समेत हुन् ।
निर्बाचित हुने पुराना मध्य यसअघि द्धितिय उपाध्यक्ष रहेका लक्ष्मीप्रसाद त्रिपाठी, कोषाध्यक्ष बलराम ढकाल र उपमहासचिब जगत बराल लेखनाथमा लामो समयदेखि पोल्ट्री ब्यबशाय गर्दै आएका छन् । स्याङजामा जन्मिएर लेखनाथलाई कर्मथलो बनाएका गिरी बिगत ६ बर्षदेखि निरन्तर लेखनाथ उद्योग बाणिज्य संघको सदस्य र महासचिब भई काम गरेका छन् ।
बिजयी भएपछि प्रतिक्रिया दिदै गिरीले सबै ब्यबशायीहरुलाई मिलाएर अघि बढ्ने प्रतिद्धता जनाए । अघिल्लो कार्यसमितिले दिएको कार्यभार पुरा गर्दै आगामी कार्ययोजना तय गर्ने उनले बताएका छन् । उनले भने ‘ यो निर्बाचनले टिमलाई अझ मजदुद बनाएको छ, एकतामा बल छ भन्ने सन्देश दिएको छ । ’ निर्बाचित मध्यबाट जिम्मेवारी वाडफाडको क्रममा त्रिपाठीलाई प्रथप उपाध्यक्ष, कृष्णहरि भण्डारीलाई द्धितिय उपाध्यक्ष, बलराम ढकाल र छत्रधर आत्रय मध्य एक जनालाई महासचिब बनाउने सोचमा गिरी रहेका छन् ।

कमेन्टहरु
Loading...