दर्शन क्लवको पहिलो बैठक स्याङ्गजाको मट्टिखानमा

पोखरा, ३० भदौ /युवाहरुको सामुहिक पहलमा स्थापना भएको दर्शन कल्वको पहिलो बैठक स्याङ्गजाको मट्टिखानमा सम्पन्न भएको छ । पोखराको न्युरोडमा कार्यालय रहेको क्लवको सामाजिक सेवामा क्लवलाई अग्रसर गराउने निर्णय गरेको छ । आउँदै गरेको नेपालीहरुको महान पर्व विजया दशमीलाई मध्येनजर गर्दे पोखराको बृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई भोजन प्रदान गर्ने बैठकले निर्णय समेत गरेको क्लवका उपाध्यक्ष राजु कार्कीले जानकारी दिए ।
“क्लवको बैठक पर्यटकीय ठाउँमा गर्दा आन्तरिक पर्यटकमा टेवा पुग्ने हुँदा मट्टिखानमा बैठक राखिएको हो —“ उनले भने —आउदा दिनमा पनि कास्कीका पर्यटकीय स्थलहरुमा बैठक गरिनेछ । क्लवका अध्यक्ष दण्डपाणी शर्माले सामाजिक कार्यमा क्लवलाई अघि बढाउने बताए । “हामी सामाजिक कार्यका लागी सर्घष गर्नेछौ” । उनले भने —पोखरामा नमुना क्लव बनाउने हामी सबैको एउटै प्रण हुनुपर्छ । सबै सदस्यलाई क्लवको हितमा लाग्न उनले बैठकमा आग्रह गरेका थिए ।
मट्टिखानका समाजसेवी प्रेम सुवेदीले गाँउ ठाउमा संघसस्थाको बैठक कार्यक्रम हुनु पर्यटन पर्वद्धनका लागी फलदायी भएको बताए । आउँदा दिनमा पनि मट्टिखानम वासीले क्लवलाई प्रत्यक्ष —अप्रत्यक्ष सहयोग गर्ने उनको भनाई छ । बैठकमा महासचिव शौभाग्य आचार्य ,सचिव अर्जुन कुमार लामिछाने,कोषाध्यक्ष शुसिल कार्की,सुरेन्द्र गुरुङ्ग, रामु बास्तोला,प्रमोद लामिछाने,राजेन्द्र भुर्तेल कृष्ण प्रसाद आचार्य, मनोहरी भण्डारी लगायतले आ आफनो भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन क्लवका सह—सचिव कपिल भुषालले गरेका थिए ।

कमेन्टहरु
Loading...