सहारा खेलकुद पत्रकारिता पुरस्कार गिरीलाई

सागर राज तिमिल्सिना
पोखरा, ३० भाद्र/सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७० बाट एकराज गिरी सम्मान भएका छन । सहारा क्लव पोखराले स्थापना गरेको उक्त पुरस्कार क्लबको पन्ध्रौ वार्षिकोत्सव एवं आठौं महाधिवेशनको अवसरमा आईतबार क्लबले गोर्खापत्र दैनिक तथा पोखरा हटलाईन दैनिकका सम्वाददाता गिरीलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी वल मुक्तिनाथ बाहिनिका बाहिनिपति डिआईजी नारायण बाबु थापा, समाजसेवि एवम उद्योगपति सुर्यबहादुर केसी, क्लवका अध्यक्ष विक्रम थकालीले सम्मानित पत्रकार गिरीलाई सम्मान–पत्रको साथमा फुलमाला तथा दोसला ओढाएर सम्मान गरेका हुन । उक्त पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैया रहेको छ ।

पत्रकारिताको माध्यमबाट मोफसलको खेलकुदको विकासमा योगदान पु¥याएको भन्दै क्लवले गिरीलाइ सम्मान गरेको हो । एक दशक पोखरामा पत्रकारीता गरेक गिरीले हटलाईन दैनिकबाट पत्रकारीतामा शुभारम्भ गरेका हुन । कार्यक्रममा बोल्दै गिरीले पुरस्कारले आफुलाई पत्रकारीतामा थप जिम्मेवार थपिएको बताउदै खेलपत्रकारीतालाई विषेश जोड दिने बताए । पुरस्कार प्रतिभा छनौट समितिका संयोजक एवं नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रिविनोद प्रतिकको अध्यक्ष रहेको समितिले गिरीलाई सिफारिस गरेको थियो । कार्यक्रममा बोल्दै संयोजक प्रतिकले एकराज गिरीको व्यक्तित्वको बारेमा तथा छनौटको बारेमा चर्चा गरेका थिए ।aakjar

यसअघि पुरस्कारबाट पत्रकार कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, प्रेमनारायण न्यौपाने, राम गुरुङ्ग, दिनानाथ बराल, प्रदिप पौडेललाई सम्मान भईसकेका छन् । कार्यक्रममा अवसरमा क्लबको विकासमा योगदान पु¥यानुहुने सदस्यलाई प्रोत्साहान स्वरुप सहारा उत्कृष्ट सदस्य पुरस्कार २०७० बाट प्रविन श्रेष्ठलाई सम्मान गरिएको छ । यसअघि शंकर सुवेदी, विश्वराज बराल, रविन श्रेष्ठ, मनोज्र अधिकारी, रोजिना गुरुङ्ग, विनु राना मगर, मिनबहादुर गुरुङ्ग, जयन्द्र लालचन सम्मानित भई सकेका छन् ।

कमेन्टहरु
Loading...