खुल्ला एलिजा डान्स एण्ड सिङ्गीङ स्टारमा ३५ जना छनोट

पोखरा, ३० भदौ/एलिजा फिल्मस् नेपालद्धारा सञ्चालित पोखरा नाच घरको आयोजना शनिबार पोखरामा भएको खुल्ला एलिजा डान्स एण्ड सिङ्गीङ स्टार २०७० को फस्ट क्वाटर फाईनल राउण्डमा ३५ जना छनोट भएका छन् । प्रतियोगितामा डान्स तर्फ १७ जना र सिंङ्गीङ तर्फ १८ जना छनोट भएको आयोजनकले जनाएको छ ।
प्रतियोगितामा कास्की सगै छिमिकी जिल्लाहरुबाट पनि सहभागिता जनाएको एलिजा फिल्मस् प्रालिका प्रवन्ध निर्देशक जिवन सुनारले जानकारी दिए । असोज ५ गते सेकेण्ड क्वाटर फाईनलको राउण्ड डि भिलेज रेष्टुरेण्टमा हुने उनले जानकारी दिए । प्रतियोगितामा गायन तर्फ योगश काजी तीर्थराज पोख्रेल भने डान्स तर्फ गोरे गुरुङ, प्रिति गुरुङ नानी निर्णायकमा रहेका थिए ।
कलाकारलाई पाएक पर्ने ठाउहरुमा अडिसन राउण्ड गरेर कात्तिक ९ गते फाईनलको साथै विविध साँस्कृतिक कार्यक्रमको तय गरिएको आयोजकले जनाएको छ । कलाकारिता क्षेत्रका कमिकमजोरी तथा समास्याहरुलाई हटाई नया सोच र जोसका सथा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिको हो । प्रतियोगितामा डान्स स्टार र सिङ्गिङ स्टारले नगद ५१÷५१ हजारका साथै अन्य अवसर पनि दिईने आयोजकले जनाएको छ ।
 

कमेन्टहरु
Loading...