माओवादीद्धारा यात्रुसहितको बसमा आगजनी

पोखरा, ३० भाद्र/नेकपा–माओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको ताम्सालिङ क्षेत्र बन्दमा अवज्ञा गरेको भन्दै यात्रुलाई भित्रै राखेर आगजनी गरेका छन् । मोर्चाका कार्यकार्यकर्ताले धुलिखेलको मिराबेल चोकमा काठमाडौंबाट मेलम्ची जाँदै गरेको बा २ ख ५६७२ नंवरको बसमा आगजनी गरेका हुन् ।bus agani

६र७ जनाको समूहमा आएका उनीहरुले बस रोकेर यात्रु भएकै अवस्थामा पेट्रोल छर्केर बसमा आगो लगाइदिएका स्थानीयले जानकारी दिए । बसमा रहेका यात्रु भने भागेर बच्न सफल भएका छन्। भाग्ने क्रममा केही यात्रु सामान्य घाइते भएका छन्। यस्तै बनेपाको तरकारी बजारमा आन्दोलनकारीले प्रहार गरेको ढुंगा लागेर पत्रकार केशवराज पौडेल घाइते भएका छन्। तस्वीर ः सेतोपाटी डटकम

कमेन्टहरु
Loading...