पोखरा र कुश्मामा गीता र सीमाको चर्चा

पोखरा, २९ भदौ/ ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालले पर्वतको कुश्मा र पोखरामा एकै दिन एउटै विषयमा परिचर्चा सम्पन्न गरेको छ । सोसाइटीले आफ्नो ३४औं शृङ्खलामा साहित्यकार गीता त्रिपाठीको निबन्धसङ्ग्रह म एक्लो र उदास उस्तैको परिचर्चासहित साहित्यकार सीमा अभासको परिचर्चा शनिबार पोखरा र कुश्मामा गरेको हो ।

कृतिको परिचर्चा गर्दै पद्मकन्या कलेजकी उपप्राध्यापक अनुपमा रेग्मीले गीताका निबन्धहरूमा स्मृति तŒवको प्रधानता, वैचारिकता, विषय केन्द्रितता र संक्षिप्तता, तथ्यपरकता, वैयक्तिकता, पश्चकालिक प्रस्तुति, निजात्मक संवेदना जस्ता तŒवहरू आएका बताउनुभयो । रेग्मीले संस्मरणात्मक निबन्धका तŒवहरूका आधारमा म एक्लो र उदास उस्तै निबन्धसङ्ग्रह निकै उत्कृष्ट देखा परेको बताउनुभयो ।

मोरङकी साहित्यकार सीमा आभासको स्रष्टा परिचय दिँदै सोसाइटीका सहसचिव एवम् प्रचारप्रसार संयोजक रुपिन्द्र प्रभावीले आफ्नै परिवेशका बिम्बहरुको प्रयोगमा पनि नवीनता ल्याउन सक्ने सीमाका कविता समसामयिक चेतले भरिपूर्ण भएको र प्रेम, नारी चेतना, राजनीति र समाजका नकावधारी विकृतिहरु उनका सिर्जनाका मूल विषयवस्तु बनेका बताउनुभयो ।

कमेन्टहरु
Loading...