सयपत्री सहकारीको चौथो वार्षिक साधारण सभा

पोखरा, २९ भदौ । सयपत्री बचत तथा ऋण सहकारी सस्था लिमिटेड रानीपौवा पोखराको चौथो वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सेती पारिको उत्कृष्ठ सहकारी रहेको बताउँदै आएको सहकारीको उक्त साधारण सभा उद्घाटन गर्दै सस्थाका जेष्ठ महिला सदस्य पूर्णकुमारी श्रेष्ठले सहकारी नमूना भएको बताएकी थिइन् । उनले आफू साधारण सेयर सदस्य भएर पनि सस्थाले उच्च स्थान प्रदान गरि प्रमुख अतिथि बनाएकोमा हार्दिक बधाई दिँदै आगामी दिनमा महिलाहरुको उल्लेख्य सहभागिता र रचनात्मक कार्य गर्दै जान आग्रह गरिन् । ११ करोड कर्जा लगानी, ३ करोड ७४ लाख निक्षेप संकलन, १५ करोड कारोवार गर्दै आएको सहकारीले साधारण सभामा आगामी वर्षमा ६ करोड निक्षेप संकलन गरि २१ करोड कारोवार गर्ने बताईएको थियो । सस्थाका अध्यक्ष विजयनाथ बास्तोलाको अध्यक्षतामा मार्फा थकाली समाज घरमा सम्पन्न साधारण सभाले आफ्ना सेयर सदस्यहरुमा सस्थाको कामको सिलसिलामा भैपरि आउने दुर्घटना बीमा वापत १० लाख प्रदान गर्ने र कर्मचारीको हकमा ५ लाख दुर्घटना बीमा वापत सो रकम प्रदान गर्ने निर्णय समेत गरेको छ ।

३ सय ७४ जना सदस्य रहेको सहकारीले आलु खेतीमा अनुदान, सोलर जडानमा अनुदान प्रदान गरेको थियो । सो अवसरमा ०६९ सालको एसएलसी उत्तिर्ण आफ्ना सेयर सदस्यका २० छोरा छोरीलाई प्रमाणपत्र सहित सम्मान गरेको थियो । सहकारीले अनुदान प्रदान गरेको आलुखेतीमा शुुिसला बास्तोला प्रथम, गोमा आचार्य द्वितीय, विष्णु गौतम तृतिय र कृष्ण प्रसाद सिग्देल, दिननाथ बास्तो्ला, कृष्णबहादुर कार्की, खुम कुमारी रायमाझी, लक्ष्मी कार्कीले सान्त्वना पुरस्कार बापत नगद र प्रमाणपत्र प्राप्त गरेका थिए । सस्थाका सचिव धर्मदत्त ढुङ्गानाको सञ्चालनमा रहेको कार्यक्रममा उपाध्यक्ष विश्वराज बास्तोलाले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा सस्थाका सस्थापक अध्यक्ष रबीन्द्र बास्तोलाले सेयर सदस्यको प्रस्न कार्यसमितिलाई प्रप्त हुनु सकारात्मक भएको उल्लेख गर्दै सेवा र ब्यवसायीकता प्रमुख विषय रहेको बताएका थिए । उनले सयपत्री सहकारीको कारेवार सरल, सहज र सुलभ भएको बताउँदै भने ‘ हाम्रो सहकारी उत्कृष्ठ १० मै पर्छ ।’ बास्तोलाले कार्वाहीमा परेका सहकारी र असक्षमताको कारण फरार सहकारीलाई नियाल्नु पर्नेमा जोड दिँदै पैसाको सुरक्षा जवसम्म रहन्छ तवसम्म सहकारीमा कुनै समस्या पैदा नहुने तर्क राखेका थिए । कञ्जुस बनेर आर्जन गरेको धन र समाज संगै सेयर सदस्यलाई परिवर्तन गर्दै स्थापित सहकारीको मुल्याङ्कन नै मापदण्डमा फरक पर्ने हुँदा कार्यसमितिले त्यस तर्फ ध्यान दिन आग्रह गरे ।

साधारण सभामा सस्थाका सचिव धर्मदत्त ढुङ्गानाको सचिवको प्रतिवेदन, कोषाध्यक्ष धर्मप्रसाद बास्तोलाको आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक भीमप्रसाद न्यौपानेको लेखाको प्रतिवेदन प्रस्तुत सहित पारीत गरेको थियो । कार्यक्रममा सहकारीले आगामी दिनमा विभिन्न क्षेत्रमा थप लगानी गर्दै नेपालकै नमुना सहकारीको रुपमा परिचित गराउन आफूहरु लागिपर्नु पर्ने बताउँदै सस्थाका सल्लाहकार माधवप्रसाद बास्तोला ‘मधु’ले आफ्नो कार्यक्षेत्रमा हुन सक्ने योजना सवै सेयर सदस्यको दायित्व भएको उल्लेख गरे । सहकारीले आगामी दिनमा शिक्षा, स्वास्थ्य, खेलकुद तथा उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने समेत बताएको थियो ।

कमेन्टहरु
Loading...