केन्द्रको हस्तक्षेप बिरुद्ध जिफण्ट गण्डकी धौलागिरीमा समानान्तर समिति गठन

गोकुल बानियाँ/पोखरा २९ भदौ । नेपाल ट्रेड युनियन महासंघ जिफण्ट गण्डकी धौलागिरीको नया नेतृत्व चयनमा बिबाद भएपछि समानान्तर समिति गठन भएको छ ।
आजको आयोजित अञ्चल अधिबेशन पूर्बनै केन्द्रको हस्तक्षेपमा समिति गठन भएपछि प्रतिनिधिहरुले समानान्तर समिति गठन गरेका हुन् । केन्द्रबाट मनोमानी ढङ्गले समिति गठन गरी अधिबेशनमा मनोनयनको लागि प्रस्तुत गरिएकोमा प्रतिनिधिहरुले तिब्र असहमति जनाउदै समानान्तर समिति गठन गरेका हुन् ।

अधिबेशनबाट नेतृत्व चयन हुनुपर्नेमा अधिबेशन पूर्बनै पदाधिकारी चयन गरी अनुमोदनको लागि मात्र अधिबेशनमा प्रस्तुत गरिको थियो । आगामी कार्यकालको लागि उम्मेदवारी दिएका अन्यको नाम आफुखुसी बदर गरी प्रतिनिधिने नभएको ब्यक्तिलाई पदाधिकारी बनाएको भन्दै अधिबेशनमा तिब्र बिबाद भएको थियो । अधिबेशननै नगरी केन्द्रबाट राष्ट्रिय सौन्दर्यकर्मी युनियनकी अध्यक्ष मीना गुरुङको अध्यक्षतामा, रुद्र खत्री उपाध्यक्ष, सचिबमा लिला बहादुर कार्की लगायत रहेका ६ जना पदाधिकारीको नाम आएपछि अधिबेशनमा उपस्थित प्रतिनिधि बिच चर्काचर्की भएको थियो ।

समिति गठन भएपछि त्यसको बिरुद्धमा अधिबेशनमा उपस्थित प्रतिनिधिले समानान्तर समिति गठनको आवाज उठाएका थिए । अधिबेशनमा उपस्थित प्रतिनिधिहरु मध्य अधिकांश असहमति जनाउदै बाहिरिएका थिए । तर अध्यक्षमा मीना गुरुङ नै सर्बसम्मत रहेको र अन्य पदाधिकारीमा समानान्तर प्रतिनिधि चयन गरिएको हो । अधिबेशनबाट गठित समानान्तर समितिको उपाध्यक्षमा आरसि शर्मा, सचिब भवानी शर्मा, सहसचिब हरिश चन्द्र बज्राचार्य र सदस्यहरुमा रामजी सिके, सबिता बिक, शिबराज पन्थी, जानुका लामिछाने, लैंसिंह लिम्बु चयन भएका छन् । २१ सदस्यिय कार्यसमितिका अन्य पदाधिकारी भने पछि चयन गरिने बताईएको छ ।

कमेन्टहरु
Loading...