पोखरामा राष्ट्रिय सफ्टटेनिसको उपाधी प्रहरीका भण्डारीलाई

पोखरा, २९ भाद्र /पोखरामा सम्पन्न राष्ट्रिय एनएसटीए सफ्ट टेनिस २०७० प्रतियोगिता पुरुष एकलतर्फको उपाधी नेपाल प्रहरीका कमलबहादुर भण्डरीले जितेका छन् । पस्र्याङ्ग टेनिस कोर्टमा शनिबार सम्पन्न फाइनल खेलमा भण्डारीले काठकाण्डौका सोहन धौवडेलको चुनौती ४–१ ले पन्छ्याए । भण्डारी दुई महिना अघि सम्मपन्न सातौ राष्ट्रिय प्रतियोगिताका विजेता हुन । मेन्स सिंगलमा मनोज सुब्बा र कृष्णबहादुर रावत तृतीय भए ।नेपाल सफ्ट टेनिस संघको आयोजना तथा कास्की जिल्ला सफ्ट टेनिस संघको संयोजनमा भएको प्रतियोगिता अन्तर्गत महिला एकलतर्फ निरु कायस्थले एलिजा रञ्जितलाई ४–० ले पराजित गर्दै उपाधी आफ्नों नाम गराइन् । प्रतियोगितामा चन्द्रमाया राई र कास्कीकि गंगा शर्मा तृतीय भए । मेन्स डबल्सतर्फको उपाधीमाथि मनोज सुब्बा र सोहन धौवडेलको जोडिले कब्जा जमाए । फाइनलमा जुसेन्त थापा र राजु नगरकोटिलाई ५–३ ।ले पराजित गरेका थिए । कमलबहादुर भण्डारी र नेपाल पुलिस क्लवका नौंबहादुर लुंगेली तथा धर्मराज घले र विश्वास बस्नेतको जोडिले तृतीय स्थान हाँसिल गरे ।binod

महिला डबल्सतर्फ रेखा तुलाधर र निरु कायस्थको जोडि च्याम्पियन बन्यो । उनीहरुले लिजा रञ्जित र समृद्धि रिमाललाई ५–२ ले पाखा लगाउँदै उपाधी आफ्नों पोल्टामा पारेका हुन् । सो इभेण्टमा कास्कीका गंगा शर्मा र प्रिती बरालले तृतीयस्थान प्राप्त गरे । त्यसैगरि मिक्स डवल्सतर्फको फाइलनमा मनोज सुब्बा र एलिजा रंजितले कास्कीका शक्ति शर्मा र गंगा शर्मालाई ५–३ ले पराजित गर्दै उपाधी चुमे । उत्तरा मानन्धर र दिपेन्द्र श्रेष्ठ तथा रेखा तुलाधर र राजु नगरकोटीको जोडिले तृतीयस्थान हाँसिल गरेका थिए ।

विजयी खेलाडीहरुलाई कार्यक्रममा प्रमुख अतिथि अन्र्तराष्ट्रिय टेनिस महासंघका उपाध्यक्ष, एशियाली सफ्ट टेनिस महासंघका सदस्य समेत रहेका नेपाल सफ्ट टेनिस संघका अध्यक्ष विनय विक्रम शाह, संघका उपाध्यक्ष विजयकुमार सिंह, विनोद कायस्थ, विकाश पाण्डे, सदस्य आनन्द प्रसाद श्रेष्ठ, वेदकृष्ण श्रेष्ठ, निरा कायस्था, उत्तरा मानन्धर, कास्की जिल्ला टेनिस संघका अध्यक्ष अनुज बाँस्तोला लगाएतले मेडल प्रमाणपत्र पुरस्कार वितरण गरे ।

सोही समारोहमा संघका उपाध्यक्ष विनोद कायस्थलाई सफ्टटेनिस खेलको विकासमा उल्लेख्य सहयोग पु¥याएको भन्दै उपराष्ट्रपति परमानन्ध झाद्धारा पठाइएको सम्मानपत्रद्धारा सम्मान गरिएको थियो भने सञ्चारक्षेत्रबाट सहयोग पु¥याएको भन्दै खेलदुक पत्रकार मञ्च कास्कीका अध्यक्ष विनोद लामिछानेलाई सम्मान गरिएको थियो । संघ कास्की अध्यक्ष अनुज बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रमा सञ्चारकर्मी रविन गुरुङ्गले सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...