बालदिवसमा फुटबल स्टाइकर अनिल सहारा एकेडेमीमा (फोटो फिचर)

सागर राज तिमिल्निा
पोखरा, २९ भाद्र/राष्ट्रिय बालदिवसको अवसर पारेर नेपाली राष्ट्रिय टिमका स्टाइकर अनिल गुरुङ्गले पोखराको सहारा एकेडेमीका बालकहरु सगँ बालदिवस मनाएका छन् । स्टाइकर गुरुङ्गले एकेडेमीका बालकहरु सगँ करिब १ घण्टा विताएका थिए । उनले उनिहरुलाई फलफुल बाडेका थिए भने फुटबलका अनुभवहरु बताएका थिए । ९ वर्ष देखि १२ वर्ष सम्मका विभिन्न जिल्लाबाट आएका १६ जना बालकहरु एकेडेमीमा बस्दै आएका छन् ।

उनीहरुले फुटबलमा कसरी राम्रो गर्न सकिन्छ भन्ने बारेमा जिज्ञासा राखेका थिए । त्यती मात्रै नभएर भर्खरै मात्रै सकिएको साफ च्याम्पियनसिपका बारेमा सोधेका थिए । अनिलले राम्रो सगँ पढ्न र नियमी फुटबल प्रशिक्षण गर्न उनिहरुलाई सुझाब दिएका थिए । आफ्नो धुनमा कोठामा रहेका बालबालीले एका एक अनिललाई देखे पछि सबै दंग परेका थिए । अनिललाई देखे पछि कोहि लाजले भुतुक्कै भएका थिए भने कोही अनिललाई हेरेर टोलाएका थिए ।anil  (2)

उनिहरुले अनिललाई फुटबलको प्रशिक्षण दिनका लागी आग्रह गरे थिए । अनिले दुई तिन दिन प्रशिक्षण दिने गरि पछि आउने बताए पछि उनिहरु खुशि भएका थिए । उनिहरुले गित नै गायर स्वागत समेत गरे । सहारा एकेडेमीका पहिले आफुहुदाको अुनभव सुनाउदै अनिलले अहिले दुःख गरे पछि ठुलो मान्छे बन्न सकिने बताउदै उनिहरुलाई मिहिनेत गरेर खेल्न सुझाब दिए । उनिहरुलाई मिहिनेत गरेर खेल्ने हौसला दिनका लागी बालदिवसको अवसरमा पारेर आफु गएको अनिले बताए ।

अनिलले सानैबाट प्रेरणा र हौसला दिएमा उनिहरुले नेपाली फुटबलमा राम्रो गर्न सक्ने बताए । उनि सगँ भलिवल खेलाडी सिपोरा गुरुङ्ग पनि गएकी थिइन् । उनिहरु दुबैले ऐकेडेमीका खेलाडीहरुलाई फलफुल र चक्लेट बाडेका थिए । सहारा क्लबले करिब २ करोडका लागतमा २६ रोपनीमा जग्गामा एकेडेमी सन्चालन गरेको छ । एकेडेमीमा अहिले १६ जना बस्ने पढ्ने र फुटबल खेल्दै आएका छन् ।

पहिलो पटक २०५८ साल देखि क्लबले एकेडेमिको रुपमा २० जना किशोरहरुलाई राख्दै आएको थियो । २०६१ साल देखि देशका १३ जिल्लाबाट क्लबले विपन्न बर्गका तथा असाय २० जना वालकहरुलाई एकेडेमिको रुपमा राख्दै आएको थियो । एकेडेमीबाट उत्पादन भएका खेलाडी अहिले विभिन्न क्बलबाट फुटबल खेल्दै आएका छन् ।

anil

anil  (3)

कमेन्टहरु
Loading...