संघीय समाजवादी महिला संघ पोखरामा परियार

पोखरा, २८ भाद्र/पहिचान सहितको संघीयता र उत्पिडित जनताको मुिक्तको नाराका साथ गठित संघीय समाजवादी पार्टीको जनवर्गिय संगठन संघीय समाजवादी महिला संघ प्रथम पोखरा नगर भेलाले सेती परियारको अध्यक्षतामा १३ सदस्यीय नगर तदर्थ समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा आशमाया गुरुङ, सचिवमा राजश्री सुवेदी, सहसचिवमा दुर्गा रानामगर र सदस्यहरुमा निर्मला नेपाली, रीना गुरुङ, जमुना घर्तीमगर, गीता गुरुङ, विष्णुमाया सुनार, लोककुमारी गुरुङ, हेमकुमारी गुरुङ, देउकुमारी गुरुङ र विष्णु परियार रहनुभएको छ ।

संघीय समाजवादी महिला संघ जिल्ला अध्यक्ष पुष्पा गुरुङको अध्यक्षता र केन्द्रीय सदस्य रत्ना भट्टचनको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा केन्द्रीय सदस्य विन्दा रायमाझीले संघीय समाजवादी महिला संघको औचित्यबारे मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन सचिव रेनु गुरुङले गर्नुभएको थियो भने स्वागत जिल्ला सदस्य तारा नेपालीले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...