श्रीकृष्ण माविको महायज्ञमा २३ लाख बढि संकलन

पोखरा, २८ भदौ। पोखरा – ७ मासबारस्थित श्रीकृष्ण माविमा आयोजित श्रीमद्भागवत् विराट ज्ञान महायज्ञमा दोस्रो दिन शुक्रबारसम्ममा २३ लाख ३३ हजार एक सय १९ रुपैया संकलन भएको छ। महायज्ञमा शुक्रबार पोखरा – ७ मासबारका प्रेमनारायण बरालले दुई लाख २२ हजार दुई सय २२ रुपैया प्रदान गरेका छन्।
त्यसैगरी, पोखरा – ७ मासबारस्थित संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५५ हजार पाँच सय ५५, किसान जागरण सहकारी संस्था लिमिटेडले ५५ हजार पाँच सय ५५, राजेश्वर आचार्यले ३७ हजार सात सय ७७ रुपैया प्रदान गरेको प्रचार प्रसार समितिका संयोजक राममोहन आचार्यले जानकारी दिए।
शुक्रबार विदेशी पर्यटकले समेत महायज्ञमा दान गरेका छन्। वासिङटन डिसि अमेरिका निवासी रिटा जेनाइनले महायज्ञमा सहभागि भई २५ हजार रुपैया प्रदान गरेकी हुन्। शिक्षा क्षेत्रको विकासका लागि सहयोगगर्दा ठुलो धर्म हुने बताउँदै महायज्ञ मुल आयोजक समितिका बरिष्ठ उपाध्यक्ष शोभाचन्द्र बरालले भने – अहिले गरेको धर्मको फल पछि पाइनेहुदाँ सवैले दिलफुकाएर सहयोग गर्नुपर्छ।school
उनले समुदायको सकारात्मक र रचनात्मक सहयोगबाट मात्र पवित्र शिक्षालयको विकास सम्भव हुने बताए। उच्च मावि संचालन, विद्यालयको शैक्षिक एवं भौतिक विकास गर्ने उदेश्यले आयोजना गरिएको महायज्ञ असोज ३ गतेसम्म चल्ने छ। महायज्ञबाट तीन करोड रुपैया संकलन गर्ने लक्ष्य लिइएको छ। महायज्ञमा युवा पण्डित कमलनयन गौतम प्रमुख वाचक रहेका छन्।
महायज्ञमा सहभागि भई भागवत् श्रवण गर्न तथा आफ्ना पितृहरुको मुक्तिका लागि सक्दो आर्थिक तथा जिन्सि सहयोग गरी विद्यालयको भौतिक तथा शैक्षिक विकासमा सहभागि हुन महायज्ञ मुल आयोजक समितिले सवैलाई आव्हान गरेको छ।
 

कमेन्टहरु
Loading...