चापाकोट कास्कीको दोस्रो पूर्ण खोप गाबिस

पोखरा २८ भदौ/चापाकोट कास्कीको दोस्रो पूर्ण खोप गाबिस घोषणा भएको छ । कास्कीका स्थानिय बिकास अधिकारी ईश्वरराज पौडेलले आज जिल्लाको दोस्रो गाबिसको रुपमा चापाकोटलाई पूर्ण खोप घोषणा गरेका हुन् । गाबिस अन्तर्गतका ९ ओटै वडामा रहेका पाच सय ६४ घरधुरीका एक बर्ष मुनीका ८० जना बालबालिकालाई खोपको मात्रा पु¥याईएको गाबिस सचिब युवराज पौडेलले जानकारी दिए ।अहिलेसम्म गाबिसका सबै गर्भवती महिलाले पनि पूर्ण खोप लगाईसकेको उनले बताएका छन् । गाबिसको आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय, चापाकोट उपस्वास्थ्य चौकीको अग्रसरतामा पूर्ण खोप गाबिस घोषणा गरिएको हो । स्थानिय राजनितिक दल, महिला स्वयंसेविका तथा सरोकारवालाहरुको भेलाले पूर्ण खोप गाबिस घोषणा गर्ने निर्णय गरी गत साउन २४ गतेदेखि एक सतासम्म गाबिसका सबै वडामा तथ्याङक संकलनको काम भएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको अनुगमन पछि पूर्ण खोप गाबिस घोषणा गरिएको पौडेलले बताए यसअघि गत साउन ३० गते सराङकोट कास्कीको पहिलो पूर्ण खोप गाबिस घोषणा भएको थियो ।

कमेन्टहरु
Loading...