नयाँ दल दर्ता प्रक्रियागत रुपमा सम्भव छैनः आयुक्त

निर्वाचन सम्बन्धी दुई दिने क्षेत्रीय प्रशिक्षण शुरु
सागर राज तिमिल्सिना
पोखरा, २८ भाद्र/निर्वाचन अयुक्त दोलख बहादुर गुरुङलेप्रविधिकरुपमानिर्वाचन आयोगले दल दर्ता गर्न सम्भव नरहेको वताएका छन् । उनले विद्धमान ऐन कानुन अनुसार दल दर्ता गर्ने अवस्था नरहेको प्रष्ट बताउदै दल दर्ता गर्नुपर्ने अवस्था आएमा सरकारले विशेषरुपमा कानुनी ब्यवस्थागरे आयोगले त्यस विषयमा सोच्न सक्ने बताए ।
गुरुङ्गले कुन दल दर्ता गर्ने भन्ने कुरा ऐनमै तोकेर भनिएमा तोकिएको दलमात्रदर्ता गर्ने बताउदै दर्ता गर्दा १०हजार मतदाताको हस्ताक्षर जस्ता प्रावधान कुरामा आयोग नलाग्ने बताए । उनले संविधान सभाको चुनावमा परिवेक्षकहरुलाई पनि छुटै नियम बनाइ परिधिमा राख्न लागेको बताए । उनले अघिल्लो संविधान सभाको निवार्चनमा ६० हजार पयवेक्ष खटिएको बताउदै यस वर्ष करिब ७५ हजार खटिने बताए । उनले पहिले सदरमुकाममा मात्रै केन्द्रित हुने गरेका पर्यवेक्षकहरुलाई सबै ठाउँमा पुग्ने गरि नियम बनाउन लागेको बताए ।chunabe
त्यसै गरि अर्का निर्वाचन आयुक्त डा.रामभक्त पिवि ठाकुरले निर्वाचन आयोग मंसिर चारमा नै निवार्चन गर्नु लागी परेको बताए । उनले निर्वाचन अयोगले अहिले सम्म गर्नुपर्ने सम्पुर्ण कार्यसम्पादन गरिसकेको र असौजको एक गते देखि सवै निर्वाचन क्षेत्रमा निर्वाचनकार्यलय खोलेर निर्वाचन सम्बन्धि कार्यलाई सम्पादन गरिने वताए ।
निर्वाचनका लागी सुरक्षा बेवस्था गर्नेकाम सरकारको भएकालेत्यसमा सरकारले सवै ब्यवस्था गर्नेमा आँफुहरु विस्वस्त रहेको बताए । संविधानसभा सदस्य निर्वाचन २०७० निर्वाचन सञ्चालन एवं ब्यवस्थापन सम्बन्धि दुई दिने क्षेत्रीय प्रशिक्षणको आज पोखरामा उद्घाटन गदै उनिहरुले निर्वाचनलाईस्वच्छ,स्वतन्त्र, निष्पक्ष एंव धाँदलि रहित रुपमा सम्पन्न गर्न निवाचन आयोग लागी रहेको बताए ।
उद्घाटन कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारीयादवप्रसाद कोइराला,निर्वाचन आयोगका सहसचिव मधु प्रसाद रेग्मी, कास्कीकानिर्वाचन अधिकृत घनश्याम भण्डारी लगाएतले निर्र्वाचनको शुरक्षका बारेमा चर्चा गरेका थिए । दुई दिने प्रशिक्षण कार्यक्रमा पश्चिमाञ्चल विकास क्षेत्रमा रहेका सवै जिल्लानिर्वाचन अधिकृत र निर्वाचन क्षेत्रका ४९जना निर्वाचन अधिकृतहरुको सहभागितारहेको छ ।chunabe 2

कमेन्टहरु
Loading...