भारतमा चार बलात्कारीलाई मृत्युदण्ड

पोखरा, २८ भाद्र/भारतको नयाँदिल्लीमा गत वर्षको डिसेम्बर १६ मा भएको सामूहिक बलात्कारको घटनामा विशेष अदालतले चार अभियुक्तलाई मृत्युदण्ड दिएको सजाय सुनाएको छ । बलात्कारी विनय शर्मा,२०, पवनकुमार गुप्ता,१९, अक्षयकुमार ठाकुर,२८, र मुकेश,२६, लाई अदालतले मृत्युदण्ड दिएको हो ।

अदालतले बलात्कारको घटनालाई ुरेयरेस्ट अफ रेयरु को संज्ञा दिएको छ । अदालतले मृत्युदण्डको फैसला गरेपछि भारतमा हलचल मच्चाएको छ । सामूहिक बलात्कार पीडित मेडिकल विद्यार्थीको मृत्यु भएको थियो । बलात्कार पीडित युवतीका आमाबाबुले दोषिलाई मृत्युदण्डको सजाय दिनुपर्ने माग गरेका थिए । बलात्कार मुद्दामा अभियुक्तको पक्षमा बहस गर्ने वकिलहरुले पटक पटक गान्धी र गौतम बुद्धको नाम लिएका थिए ।4 u

मुकेशका वकिल बीके आनन्दले महात्मा गान्धी र भगवान गौतम बुद्धको दर्शन पटक पटक लिएका थिए । ुभारत यस्तो देश हो जहाँ महात्मा गान्धी र बुद्धको दर्शनमा अडिएको छ,ु बहस गर्दै ती वकिलले भनेका थिए, ुगान्धीले कहिल्यै पनि मृत्युदण्डमा विश्वास गर्नुभएन . सन् २०१२ को डिसेम्बर १६ मा नयाँदिल्लीको मुनिरका इलाकामा २३ वर्षीया पारा(मेडिकल छात्रालाई ६ युवकले बसभित्रै सामूहिक बलात्कार गरेका थिए । तीमध्ये एक अभियुक्त राम सिंहको ११ मार्चमा आत्महत्या गरेका थिए । एक जना आरोपी नाबालक भएकाले उनलाई तीन वर्षसम्म सुधार गृहमा राख्न आदेश दिइएको छ ।

एजेन्सीको सहयोगमा

कमेन्टहरु
Loading...