पोखरा, २८ भदौ/पोखराको सहारा क्लवले सुक्रवार आयोजना गरेको रक्तदान कार्यक्रमा २६ युनिट रक्त संकलन भएको छ । क्लबको पन्धौं बार्षिक साधारण सभाको अवसरमा आयोजना भएको रक्तदान कार्यक्रममा क्लवका मानार्थ सदस्य महेश गुरुङले पहिलो रक्तदाता क्लवका उपाध्यक्ष एवम कार्यक्रम संयोजक हरिराम गुरुङलाई व्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका हुन ।
कार्यक्रममा गुरुङले क्लबले फुटवलको विकाससंगै सामाजिक क्षेत्रमा उतिकै सक्रिए रहेको बताउदै सहारा एकेडेमिलाई दिगो रुपमा संचालन गर्न स्वदेश तथा विदनेशबाट सहयोग आवश्यक भएको बताए । क्लबका अध्यक्ष विक्रम थकालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्बीचोक पोखराका अध्यक्ष चिरन्जिवि श्रेष्ठ, ट्रेड युनियन महासंघ जिफण्ट गण्डकी धौलागिरीका अध्यक्ष चन्द्रबहादुर गुरुङ, अखिल नेपाल ट्रेड युनियन महासंघ कास्कीका उपाध्यक्ष राजेन्द्र न्यौपाने, खेलकुद पत्रकार मञ्च कास्कीका सचिव एकराज गिरी, हिमाली सांस्कृतिक परिवारका सचिव श्रीजंग गुरुङ, सचिव मनबहादुर क्षेत्रि काजी लगायतले रक्तदानको महत्वको बारेमा चर्चा गरेका थिए ।
रक्तदान गर्नेहरुमा होमराम गुरुङ सुरज, कुमार लामा, अमृत गुरुङ, मोहन विक्रम गिरी, नारायण क्षेत्रि, राजु लालचन, राजेश जोसी, नगेन्द्रकुमार गुरुङ, रविन गुरुङ, शंकर गुरुङ, श्याँमकुमार गुरुङ, मिनबहादुर गुरुङ, खेमबहादुर घले, भागिराम चौधरी, राजेन्द्र तिमिल्सना, अमरराज राजभण्डारी, पवन अधिकारी, संजिप थापा, राजकुमार गुरुङ, सन्तोस गुरुङ, ईश्वर रम्तेल, प्रदिपकुमार थापा, दिपेन्द्र विक, सुनिल पौडेल, नजिरजंग बस्नेत र मिसन गुरुङ रहेका छन ।
भदौ ३० गते ८ औ अधिवेसन तथा खेलकुद पत्रकारीता पुरस्कार वितरण गरीने भएको महासचिव केशव बहादुर थापाले बताए । यस बर्षको खेलकुद पत्रकारीता पुरस्कार गोर्खापत्र तथा हटलाईन दैनिकका संवाददाता एकराज गिरीलाई प्रदान गरीने भएको क्लवले जनाएको छ ।
