गायक तिर्थ गन्धर्वको हृदयघातका कारण निधन

पोखरा, २८ भाद्र /भर्खरै प्राप्त खबर अनुसार “बल्ल प¥यो निरमाया माकुरी जालैमा” भन्ने लोक गितका गायक तिर्थ गन्धर्वको हृदयघातका कारण निधन भएको छ । राती सैनिक अस्पताल छाउनी काठमाण्डौमा उहाँको निधन भएको बरिष्ठ गायक बोम बहादुर कार्कीले जानकारी दिए ।
लोक सगिंतको क्षेत्रको एउटा महत्वपुर्ण पाटोको सारङ्गी कलाकार गुमाउनु परेको भन्दै गायक कार्कीले दुख व्यक्त गर्नुभयो । गायक कार्कीका अनुसार दिवगत गन्धर्वको २०१० सालमा तनहुँमा जन्म भएको थियो । गन्धर्वले रेडियो नेपालबाट २ बर्ष अगाडीमात्रै अवंकाश पाउनुभएको थियो ।

कमेन्टहरु
Loading...