धम्पुसमा प्राविस्तरीय हाजिरी जवाफ प्रतियोगिता

पोखरा, २८ भाद्र अन्तर्राष्ट्रिय बाल दिवसको सन्दर्भमा नागडाँडा स्रोत केन्द्रले
आयोजना गरेको प्राविस्तरीय हाजिरी–जवाफ प्रतियोगितामा उदय मावि प्रथम
भएको छ । नागडाँडा स्रोत केन्द्र अन्तर्गतका धम्पुस गाविमा रहेका सात
विद्यालयको सहभागिता रहेको सो प्रतियोगितामा राइजिङ सन एकेडेमी द्वितीय र
देउराली प्रावि तृतीय भयो । प्रतियोगितामा जनप्रिय प्रावि सात्वना घोषित
भयो ।

प्रतियोगिताका विजयी विद्यालयका छात्रछात्राहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण
गर्दै धम्पुस गाविस सचिव एवम् गाउँ शिक्षा समितिका अध्यक्ष मिनराज
बराललेअतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा
प्रष्फुटन गराउन महत्वपूर्ण भूमिका खलेको बताए ।
कार्यक्रममा नागडाँडा स्रोत केन्द्रका स्रोतव्यक्ति जयलाल भट्टराई, जिल्ला शिक्षा
कार्यालय कास्कीका उपसचिव दयराम गौतम लगायतले प्रतियोगिताका विविध पक्षबारे
चर्चा गरेका थिए ।

यसैबीच उदय मावि धम्पुसमा क्रियाशील जुनियर रेडक्रस सर्कलले गाविसका नौवटा
वडामा एक÷एक वटा स्ट्रेचर वितरण गरेको छ । साथै सर्कल उदय मावि तथा पृथ्वी
मावि धम्पुसलाई समेत एक÷एक वटा स्टे«चर हस्तान्तरण गरेको छ । सर्कलको
स्ट्रेचर वितरण कार्यक्रमका लागि जिल्ला विकास समिति कास्की, धम्पुस गाविस र
स्थानीय समाजसेवी यदुनाथ अधिकारीले आर्थिक सहयोग गरेको सर्कलले जानकारी
दिएको छ । कार्यक्रममा गाउँशिक्षा समिति धम्पुसका सचिव एवं पृथ्वीनारायण
माविका प्रधानाध्यापक प्रेमराज सुवेदी, शिक्षक अमृत भण्डारी लगायतकाले स्ट्रेचर
वितरण कार्यक्रमले दुर्गमा गाउँमा सञ्चालित स्वास्थ्य सेवामा थप राहत पुग्ने
विश्वास व्यक्त गरेका थिए ।

कमेन्टहरु
Loading...