बिद्यालयका दश अधिकार सुनिश्चितताका लागि गोष्ठी

पोखरा, २८ भाद्र/सिद्धार्थ क्लब पोखराले सराङ्गकोट गाबिसको पँधेलीमा रहेको जनजागृत उच्च माध्यमिक बिद्यालय र लामागाउँमा रेको सृजना प्राथमिक बिद्यालयमा बिद्यालयका दश अधिकार सुनिश्चिताका लागि एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । जनजागृत उच्च माबिले आफ्ना कुशल तथा मेहनती शिक्षक र बिद्यार्थिका साथै शिक्षक, अभिभावक र बिद्यालय ब्यवस्थापन समितिको सहयोग पाएको प्राचार्य बिष्णुप्रसाद तिमिल्सिनाले बिद्यालय भौतिक र शैक्षिक रुपमा सक्षम र सवल रहेको बताउनु भयो । प्राचार्य तिमिल्सिनाले बसाई सराई र गाउँमा बाल बालीकाहरु नै नहुँदा दिन प्रतिदिन बिद्यालयमा बालबालिकाहरुको संख्यामा कमि आउन थालेको बताउनु भयो ।

समय सुहाउँदो शिक्षा पद्दतीको बिकासमा टेवा पु¥याउदै कृष्ती र सराङ्गकोट गाबिसमा शिक्षा अधिकार सम्बन्धी कृयाकलापमा संलग्न सो संस्थाका स्थानीय अधिकार कार्यक्रमका कार्यक्रम संयोजक दुर्गाप्रसाद खनालले सार्वजानीक तथा सामुदायिक बिद्यालयहरुका न्युनतम अधिकारको प्रत्याभूत गर्न सके बिद्यालयलाई नमुना बिद्यालयका रुपमा प्रस्तुत गर्न सकिने भन्दै बिद्यालयका दश अधिकारका बिषयमा चर्चा गर्दै नागरीक शिक्षा प्रतिबेदन तयारीका लागि सहजिकरण गर्नुभयो ।

बिद्यालयका दश अधिकार सुनिश्चितताका लागि निःशुल्क तथा अनिवार्य शिक्षाको अधिकार, बिना भेदभाव शिक्षा प्राप्त गर्ने अधिकार, प¥याप्त भौतिक सुबिधाको अधिकार, तालिम प्राप्त शिक्षक पाउने अधिकार, सुरक्षित तथा हिँसा रहित वातावरणको अधिकार, जिवन उपयोगी शिक्षाको अधिकार, आफ्ना अधिकारका बारेमा सुसुचित हुन पाउने अधिकार, सहभागिताको अधिकार, पारदर्शिता र जवाफदेहीताको अधिकार र गुणस्तरीय सिकाईको अधिकार का बारेमा सहभागिहरुमाझमा छलफल गरीएको थियो ।

क्लबले सराङ्गकोट गाबिस वडा नं. ९ लामागाउँ स्थीत सृजना प्राथमिक बिद्यालयमा प्रधानाध्यापक डिल्लीराम अधिकारी, सिद्धार्थ क्लबका कार्यक्रम संयोजक लगायत बिद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष, अभिभावक, शिक्षक र बालबालीका गरी २५ जनाको सहभागितामा पनि उक्त बिद्यालयका दश अधिकार सम्बन्धी गोष्ठी सम्पन्न गरेको थियो ।

कमेन्टहरु
Loading...