उत्पिडित जातीय मुक्ती मोर्चाले उम्मेद्वार

पोखरा, भदौ २७ /नेकपा एमाले निकटको जातीय ंगठन नेपाल उत्पिडित जातीय मुक्ति समाजले आगामी मंसिर चार गते हुने संविधान सभा निर्वाचनका लागी समानुपातिक तर्फका लागी उम्मेदवारको नाम सिफारिस गरेको छ ।
समाजको बुधबार र विहिबार पोखरामा सम्पन्न केन्द्रीय कमिटिको बैठकले कास्की क्षेत्र न. ४ बाट होमबहादुर नेपाली, क्षेत्र न्.४ बाटै लालबहादुर परियार, कास्की क्षेत्र नं. ४ बाट धनबहादुर नेपाली र स्याङजा क्षेत्र न. १ बाट अर्जुनकुमार सुनामलाई समानुपातिक तर्फको लागी उम्मेदवारका रुपमा सिफारिस गरेको समाजले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...