पाल्पा, १६ बैशाख /पाल्पामा सोमबार जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।
पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ७ चारघरे ज्यामिरेमा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख डम्मर गिरीले जानकारी दिए ।
पाँच जना यात्रु सवार लु १ ज १९४१ नं. को जिप दुर्घटना हुँदा पाँचै जनाको घटनास्थलमै मृत्यु भएको गिरीले बताए । मृतक जिप चालक बुद्धिलाल सोतीको मात्र पहिचान भएको छ । अन्यको भने पहिचान हुन बाँकी रहेको उनले जनाए ।
घटनास्थल पाल्पा सदरमुकाम तानसेनदेखि ५५ किलोमिटर टाढा दक्षिणपूर्वमा भएको उनले जानकारी दिए ।