पहिलो चरणको खेल सम्पन्न

पोखरा, २७ भदौ। श्रीभद्रकाली ट्याक्सी इकाई समितिको आयोजना तथा ट्याक्सी व्यवसाय समिति पोखराको प्रायोजनमा पोखरामा जारी अन्तर ट्याक्सी इकाईस्तरीय प्रथम सेभेन–ए–साइड फुटबल प्रतियोगितामा विहीबार पहिलो चरणको खेल सम्पन्न भएको छ। शुक्रबार दोस्रो चरणको खेल हुने समितिका सचिव एवं प्रचार प्रसार समितिका संयोजक पुर्ण जि.सिले जानकारी दिए।

शुक्रबार हस्पीटल चोक ट्याक्सी इकाई समिति र आयोजक भद्रकाली ट्याक्सी इकाई समिति ए तथा विरौटा– आँखा हस्पिटल–घारीपाटन ट्याक्सी इकाई समिति र बगरचोक ट्याक्सी इकाई समितिवीच सेमिफाइनल खेल हुने छ। विहीबार पहिलो चरणका चार खेल सम्पन्न भएको थियो। हस्पीटलचोक ट्याक्सी इकाई र टुडिखेल–हेमजा–फेदी ट्याक्सी इकाई समितिवीचको खेलबाट हस्पिटल चोक ट्याक्सी इकाई समिति सेमिफाइनलमा प्रवेश गरेको छ।

साथै विरौटा– आँखा हस्पिटल–घारीपाटन ट्याक्सी इकाई समिति र लखनचोक ट्याक्सी इकाई समितिवीचको प्रतिस्पर्धाबाट विरौटा– आँखा हस्पिटल–घारीपाटन ट्याक्सी इकाई समिति सेमिफाइनलमा प्रवेश गरेको छ। त्यसैगरी, वगरचोक ट्याक्सी इकाई समिति र भद्रकाली ट्याक्सी इकाई समितिवीचको खेलबाट बगरचोक ट्याक्सी इकाई समिति तथा पोखरा– बाग्लु·–बेनी ट्याक्सी इकाई समिति र भद्रकाली ट्याक्सी इकाई समिति ए वीचको खेलबाट भद्रकाली ट्याक्सी इकाई समिति ए सेमिफाइनलमा प्रवेश गरेको हो।

पोखरा – १३ संगमटोलस्थित माछापोखरी खेल मैदानमा जारी प्रतियोगिता शनिवारसम्म चल्ने छ। ट्याक्सी चालकवीच आत्मियता, सद्भाव एवं खेलकुदको विकास गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा विजेता समुहलाई नगद ५५ हजार पाँच सय ५५ शिल्ड, मेडल, प्रमाण पत्र र उपविजेतालाई ३३ हजार तीन सय ३३ शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक समितिका अध्यक्ष श्रीप्रसाद गुरुङले जानकारी दिए।

कमेन्टहरु
Loading...