मुल्य वृद्धी फिर्ता गर्न ने.वि.संघको माग

पोखरा, २७ भाद्र /नेपाल विद्यार्थी संघ कास्की क्षेत्र नं २ ले पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृृद्धिको विरोध गर्दै तत्काल उक्त निणर्य फिर्ता लिन सरकारसँग माग गरेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलमा र डलरको मूल्यमा भएको वृद्धीको कारणनेपाल आयल निगम घाटामा गएकाले पेट्रोलियम पदार्थको भाउ बढाइएको भनाइप्रति असहमति जनाउदै ने.वि.संघ कास्की क्षेत्र नं २ ले निगममा व्याप्त अनियमितता रहेको र अनियमितता नियन्त्रण गर्न सरकारको ध्यानार्कषण गराएको छ ।ने.वि.संघ कास्की क्षेत्र नं २ बिहीवार बिज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्यवृृद्धिले चौतफी रुपमा जनतालाई असर पर्ने तथा अन्य वस्तु र सेवा पनि महँगो हुने भन्दै भाउ बढाउन गरिएको निर्णय तत्काल सच्याउन माग गरेको छ । चुनाव गर्ने मात्र अधिकार पाएको सरकारले मूल्यवृृद्धि गर्न नमिल्ने र मूल्यवृृद्धि गर्नु भनेको चुनाव भाँडने षडयन्त्र भएको भन्दै मूल्यवृृद्धि फिर्ता नभए आफुहरु आन्दोलनमा उत्रन बाध्य हुने ने.वि.संघ कास्की क्षेत्र नं २ का सभापती सन्तोष बास्तोला द्धारा जारी बिज्ञप्तिमा जनाइएको छ ।

कमेन्टहरु
Loading...