पोखरामा सफ्टटेनिस राष्ट्रिय च्याम्पियनशिप शुरु

पोखरा, २७ भाद्र/पोखरामा शुरु भएको सफ्टटेनिस राष्ट्रिय च्याम्पियनशिप प्रतियोगितामा कास्कीका खेलाडीहरुले कडा चुनौतीको सामना गर्नुपरेको छ । कास्कीबाट आशा गरिएका तारामान गुरुङ्ग र अनिल शाहि मेन्स सिंगलमा दोश्रो चरणमा प्रतियोगिताबाट बाहिरिएका छन् । पहिलो खेलमा जित हाता पारेका तारामान प्रि क्वाटरफाइलनमा नेपाल पुलिस क्लवका कमल भण्डारीसंग ४–० ले पराजित भए ।
पुल ए बाट भण्डारीले क्वाटरफाइनलमा सिन्दुपाल्चोकका प्रदिप खत्रिलाई ४–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाए । नेपाल सफ्टटेनिस संघको आयोजना तथा कास्की जिल्ला सफ्ट टेनिस संघको संयोजनमा भएको प्रतियोगिता अन्तर्गत पुल ए बाटै मोरङ्गका कृष्णबहादुर रावत सेमिफाइनलमा प्रवेश गरे । उनले प्रि.क्वाटरफाइलनमा मोरङ्गकै अभिषेक झालाई ४–३, ७–२ ले टाइब्रेकरमा पराजित गरे भने क्वाटरफाइलनमा कास्कीका अनिल शाहिपनि उनीसंगै पराजित भए ।tenis
शाहिलाई ४–१ ले पराजित गरेपछि झा ले फाइनल प्रवेशका लागि कमल भण्डारीसंगको भेट निश्चित गरे । मेन्स सिंगलकै पोल बी तर्फ काठमाण्डौका मनोज सुब्बा र काठमाण्डौकै सुमन धौभडेलले सेमिफाइनलमा स्थान सुरक्षित गरे । मनोजले प्रि.क्वाटरफाइलनमा कास्कीका शक्ति शर्मालाई ४–१ ले तथा क्वाटरफाइनलमा नेपाल पुलिस क्लवका राजु नगरकोटीलाई ४–० ले पाखा लगाए । पोल बी तर्फनै धौभडेलले प्रि क्वाटरफाइनलमा कास्कीका विनोद योगिलाई ४–२ ले तथा क्वाटरफाइनलमा नेपाल पुलिस क्लवका नौबहादुर लुँडोलीलाई ४–३, ७–० ले टाइब्रेकरमा पराजित गरे ।
महिलातर्फ भने कास्कीका गंगा शर्मा पुल बी बाट सेमिफाइनलमा पुगेकि छिन् । उनले कास्कीकै प्रिति बराललाई ४–१ ले पराजित गरिन भने पुल बी कै अर्को खेलमा काठमाण्डौकि निरु कायस्थले काठमाण्डौकै उत्तरा मानन्धरलाई ४–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइन् । पुल ए तर्फ एपिएफकी चन्द्रमाया राईले काठमाण्डौकि रेखा तुलाधरलाई ४–१ ले तथा काठमाण्डौकि एलिजा रञ्जितले कास्कीका अनु रोक्कालाई ४–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइन् । यसअघि नेपाल सफ्टटेनिस संघका अध्यक्ष विनयविक्रम शाहले अन्र्तराष्ट्रिय अम्पायर आनन्दप्रसाद श्रेष्ठलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । संघ कास्कीका सदस्य राजु गुरुङ्गले स्वागत मन्तव्य राखेका थिए ।

कमेन्टहरु
Loading...