माउण्ट अन्नपूर्ण क्याम्पसमा वि.एस.सि सिएसआईटिको कक्षा संचालन हुने

पोखरा, २७ भदौ/पोखराको फुलवारीमा रहेको माउण्ट अन्नपूर्ण क्याम्पसले यहि शैक्षिक सत्रदेखी त्रिवि अन्तर्गतको आठ सेमेस्टर पद्धतिवाट विएससि सिएसआईटिको कक्षा संचालन गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालय डिन कार्यालयवाट असोज ५ गते लिईने प्रवेश परिक्षामा उत्तीर्ण ३४ जना विद्यार्थीहरुले क्याम्पसमा अध्ययन गर्ने अवसर पाउने क्याम्पसका प्रशासक समिरमान उदासले जानकारी दिए ।

कक्षा ११ तथा १२ मा विज्ञान समुह अन्तर्गत द्धितिय श्रेणीमा उत्तीर्ण भएका बायोलोजी एवं फिजिकल समुहका विद्यार्थीहरुले प्रवेश परिक्षामा सहभागी हुन पाउने क्याम्पस प्रशासनले जानकारी दिएको छ । माउण्ट अन्नपूर्ण क्याम्पसले त्रिभुवन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त गरी २०४८ सालदेखी विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतको प्रविणता प्रमाणपत्र तहका कक्षाहरु संचालन गरिराखेको छ ।

कमेन्टहरु
Loading...