अनेरास्ववियु गण्डकीको प्रतिनिधी छनोट

पोखरा, २७ भाद्र/असोज ३–५ गते सम्म काठमाडौँमा हुने अनेरास्ववियुको २१ औँ राष्ट्रिय महाधिवेशन भाग लिने अनेरास्ववियु गण्डकी अञ्चल समन्वय कमिटीले गण्डकी अञ्चल कमिटी र अञ्चल कमिटी मातहतका जिल्ला र क्याम्पस कमिटीको प्रतिनिधी छनोट गरेको छ । अञ्चल समन्वय कमिटीबाट सचिव दिपक राना र सदस्य राजेन्द्र बोहोर र महिला तर्फ सम्झना घिमिरेलाई प्रतिनिधी छनोट गरेको छ ।
त्यस्तै गरि भुगोल जिल्ला कमिटी कास्कीबाट अध्यक्ष हरिबोल गौतम, सचिव भरतमान गुरुङ र सकुन्तला देवकोटालाई छनोट गरेको छ भने क्याम्पस जिल्ला कमिटी कास्कीबाट अध्यक्ष अर्जुन अधिकारी, सचिव इश्वर अधिकारी र सकुन्तला आचार्यलाई छनोट गरिएको छ । त्यस्तै प्राविधिक जिल्ला कमिटी कास्कीले अध्यक्ष टेक कटुवमल सहित कमिटीका कोषाध्यक्ष सत्य बहादुर शाही र निरु थापालाई प्रतिनिधी छनोट गरेको छ ।
त्यसै गरि स्याङ्जा जिल्ला कमिटीबाट अध्यक्ष थिरलाल न्यौपाने, सचिव विश्ननाथ अर्याल र मनिषा गुरुङलाई छनोट गरिएको भने उच्च मावीबाट उपाध्यक्ष रविविक्रम केसीलाई छनोट गरेको जनाएको छ । तनहुँ जिल्ला कमिटीबाट अध्यक्ष तेज प्रसाद वाग्ले, सचिव आर के पोख्रल र महिलाबाट सह–सचिव आरति भण्डारीलाई चयन गरिएको जनाएको छ । जिल्ला कमिटी लमजुङले पनि जिल्ला कमिट िअध्यक्ष जुन तामाङ, उपाध्यक्ष सुमन श्रेष्ठ र रजनी गुरुङ्लाई प्रतिनिधी छनोट गरेको जनाएको छ ।
त्यस्तै जिल्ला कमिटी मनाङ्बाट विकास तामाङ्, सुनिता गुरुङ् र विष्णु घलेलाई प्रतिनिधी छनोट गरेको छ भने गोरखा जिल्लाबाट भने प्रतिनिधी छनोटमा केही विवाद भएको छ । अञ्चल समन्वय कमिटी संयोजक हिरालाल विश्वकर्माका अनुसार गण्डकी अञ्चलबाट कुल १०५ प्रतिनिधी राष्ट्रिय सम्मेलनमम पठाइने बताएका छन् । कास्कीबाट २४, स्याङ्जाबाट १४, तनहूँबाट १२, लमजुङबाट १५, गोरखाबाट ११ र मनाङबाट ५ जना प्रतिनिधी गरि कुल १०५ प्रतिनिधी रहने गण्डकी अञ्चल समन्वय कमिटी संयोजक हिरालाल विश्वकर्माले बताए ।

कमेन्टहरु
Loading...