पोखरा पत्रकारिता पुरस्कार पौडेललाई

पोखरा, २७ भाद्र/पोखरा पत्रकारिता पुरस्कार–२०६८ यो वर्ष पोखरापत्र राष्ट्रिय दैनिकका प्रधानसम्पादक पुण्य पौडेललाई दिईने भएको छ । पुरस्कार छनौट समितिको सिफारिसमा पौडेललाई पुस्कार दिन लागिएको नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष वद्रीविनोद प्रतिकले जानकारी दिए । नेपाल पत्रकार महासंघ कास्कीले संचालन गरेको र प्रत्येक २ वर्षमा प्रदान गर्दै आएको यस पुरस्कारको राशी नगद ३५ हजार र प्रमाणपत्र छ ।

punya paudelदुई दशक भन्दा लामो समयदेखि पोखराको पत्रकारितामा क्रियाशिल पत्रकार पौडेल नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ कास्की शाखाका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । पत्रकार पौडेलले २०४५ सालमा दृष्टि साप्ताहिकवाट पत्रकारिता सुरु गर्नुभएको थियो । पत्रकार पौडेलले दृष्टि, छलफल, वुधवार, जनआस्था, रेडियो नेपाल, पोखरा हटलाईन, हिमाली आवाज, हिमचुली एफ.एम लगायतका छापा तथा विद्युतिय संचारमाध्यममा काम गरिसक्नुभएको छ ।

यो पुरस्कार यसअघि पत्रकारहरु नारायण कार्की, कुशुमकेशव पराजुली, वद्रीविनोद प्रतिक र माधव शर्मालाई दिईसकिएको छ । पुरस्कार छनौट समितिले पत्रकार पौडेलको नाम सिफारिस गरेपछि, नेपाल पत्रकार महासंघ कास्की शाखाको आज वसेको कार्य समितिको वैठकले पत्रकार पौडेलको नाम अनुमोदन गरेको महासंघ सदस्य तथा तालिम संयोजक भानु पराजुलीले जानकारी दिनुभयो ।

२०५४ सालमा स्थापना भएको पोखरा पत्रकारिता पुरस्कार पोखरामा कार्यक्षेत्र वनाई समग्र पोखराको पत्रकारिताको संस्थागत विकासमा उल्लेखनिय योगदान पु¥याएका अग्रज पत्रकारलाई दिईने गरिएको अध्यक्ष प्रतिकले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ कास्कीले दयाशंकर पालिखे स्मृति पत्रकारीता पुरस्कार, गजेन्द्र भण्डारी सृजनशिल पत्रकारिता पुरस्कार र जगन्नाथ सिग्देल हिमदुत पत्रकारिता पुरस्कार प्रत्येक वर्षमा प्रदान गर्दै आएको छ, भने यो पोखरा पत्रकारिता पुरस्कार दुई वर्षमा प्रदान गरिदै आएको छ । पत्रकार पौडेललाई पुरस्कार असोज महिनामा दिईनेछ ।

कमेन्टहरु
Loading...