९९ डलरमा नै आइफोन

अमेरिकी आइफोन निर्माता कम्पनी एप्पलले दुइ नयाँ मोडेलका आइफोन सार्वजनिक गरेको छ । आइफोनले सार्वजनिक गरेका आइफोनमध्ये एउटा अहिले सम्म कै सस्तो छ। अमेरिकामा ९९ डलर मूल्य तोकिएको यो सस्तो आइफोन प्लास्टिकको आइफोन हो । यसको नाम आइफोन ५ सी राखिएको छ ।
एप्पलले अर्को उच्च गुणस्तरीय तथा महंगो आइफोन ५ एस समेत सार्वजनिक गरेको छ । यसको मूल्य अमेरिकामा ४ सय ६९ डलर तोकिएको छ । सस्तो मूल्यको आइफोन ५ सी विभिन्न ५ वटा रंगमा उपलब्ध रहेको एप्पलले जनाएको छ ।iphone 5s
iphone 5c
आइफोन ५ सी मा ४ इन्चको रेटिना डिस्प्ले, ए सिक्स प्रोसेसर, आइफोन ५ मा भन्दा केही ठूलो ब्याट्री, ८ मेगापिक्सेलको पछाडिको क्यामराका साथै फेस टाइम एच डी क्यामरा रहेको छ । वाइफाइ, ब्लुटुथ ४ रहेको छ ।

कमेन्टहरु
Loading...