फेरी भूकम्पको धक्का

धनकुटा, २७ भद्रा /केहि दिन पहिले काठमाडौमा आएको भुकम्पको धक्का आज विहान धनकुटामा महसुस भएको छ । बिहान १० बजेर १३ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो । सदरमुकाम धनकुटालाई केन्द्रबिन्दु बनाएर ४ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग काठमाडौँले जनाएको छ । भूकम्प गएपछि मानिस घर छाडेर बाहिर निस्केका थिए । भूकम्प फेरि आउने डरले धनकुटा बजार क्षेत्रका मानिस बसपार्क, सडक, खुला चौरमा निस्केका थिए । भुकम्पका कारण कुनै क्षेतिको विवरण नआएको प्रहरीले जनाएको छ । केहि दिन पहिले तिब्वतमा केन्द्रविन्दु बनाएर भुकम्प जादा काठमाडौमा धक्का महशुस भएको थियो ।

कमेन्टहरु
Loading...