स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन कास्कीमा पौडेल

पोखरा २७ भदौ/नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन जिल्ला कमिटी कास्कीको तदर्थ कमिटीको अध्यक्षमा जितेन्द्र पौडेल चयन भएका छन । पोखरामा आयोजित विशेष भेलाले पद्य नर्सिङ होमका पौडेललाई पुन अध्यक्षमा चयन गरेको हो । कमिटीको उपाध्यक्षमा नबिन बराल आंखा अस्पताल, सचिवमा देवेन्द्र बास्तोला मणिपाल, सह सचिवमा मीना बिक मणिपाल, कोषाध्यक्षमा बसन्त पराजुली गण्डकी मेडिकल कलेज चयन भएका छन ।

त्यसैगरी सदस्यहरुमा गोबिन्द योगी आंखा अस्पताल, कालिदास शर्मा पद्य नर्सिङ होम, लक्ष्मी कुंवर पद्य नर्सिङ होम, पहल सिंह कार्की मणिपाल , होमनाथ पौडेल पद्य नर्सिङ होम, पुष्पा शर्मा मणिपाल, शुसिल गौतम र शिव पोखरेल चयन भएका छन । भेलालाई सम्वोधन गर्दै नेपाल टे«ड यूनियन महांसंघ जीफन्ट राष्ट्रिय कमिटीका सदस्य यूवराज पौडेलले आफ्नो हक र अधिकारका निम्ति स्वास्थ्यकर्मी तथा कर्मचारीहरु एकताबद्ध भएर अगाडी वढ्नुपर्ने वताउनुभयो । स्वास्थ्यकर्मीका समस्या सम्वोधन गर्न पनि स्वास्थ्यकर्मीहरु एकजुट हुनुको बिकल्प नरहेको वताउदै नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनको छत्रछाँयामा आबद्ध हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा वोल्दै जीफन्ट राष्ट्रिय शिक्षा विभागका सदस्य बिजया सुवेदीले स्वास्थ्यकर्मीका समस्या अरुका समस्याभन्दा फरक हुने भएकाले आफ्नो समस्या समाधानका निम्तीपनि स्वास्थ्यकर्मीहरु संगठित हुनुको विकल्प नरहेको वताउनुभयो । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनका अध्यक्ष जितेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनका केन्द्रिय सदस्यद्धय राजेन्द्र पौडेल र सन्तोष अधिकारी, जीफन्ट जिल्ला कमिटी कास्कीका सचिव तथा स्वास्थ्य यूनियन परिषद इन्चार्ज कृष्ण आचार्य लगायतले वोलेका थिए ।

कमेन्टहरु
Loading...