भारत २-० ले पराजित
पोखरा, २६ भाद्र /भारतलाई साफ च्याम्पियनसिपको उपाधि अफगानिस्तानले जितेको छ । काठमाडौंस्थित दशरथ रंगशालामा भएको फाइनलमा भारतलाई २-० ले हराउँदै अफगानिस्तानले उपाधि कब्जा गरेको हो । अफगानिस्तानले भातरसँग सातौं साफ च्याम्पियनसिपको बदला लिएको हो ।
अफगानिस्तानले नवौं मिनेटमै मुस्ताफा अज्दजुले गोल गरेर अग्रता लिएको थियो । अर्को गोल खेलको ६२ औं मिनेटमा सञ्जर अहमादीले गरे । भारतले पटक पटकको अवसर सदुपयोग गर्न सकेन । सातौं संस्करणको साफ च्याम्पियनसिपमा भारतले अफगानिस्तानलाई ४(० ले हराएको थियो ।
