हेलिकप्टर चढेर गोर्खा पुग्यो डोजर

गोर्खा, २६ भाद्र गोरखाको सुदुर उत्तरमा रहेको छेकम्पारमा विकास निर्माणको कामका लागि हेलिकप्टरबाट डोजर लगिएको छ । हेलिकप्टर झुन्डीर डोजर छेकम्पार पुगेसँगै विकासको ढोका खुलेको स्थानीयले बताएका छन् ।
गोरखा एप्रोप्रियटका प्रोपाईटर उत्तम भट्टले नेपाली सेनाको एन।ए।०३८ हेलिकप्टरबाट डोजर झुण्डाएर छेकम्पार पुर्याएका हुन् । छेकम्पारबाट तिब्बत जोड्ने र तल्लो क्षेत्रमा सडक निर्माण गर्नको लागि डोजर लगिएको हो ।halakipart
डोजरसँगै , अपरेटर, डिजेल लगायतका आवश्यक सामग्री पनि लगिएको छ । सेनाको हेलिकप्टरले तीन पटक गरेर समान ओसारेको थियो । सडक निर्माणका लागि दुई करोड विनियोजन भएको थियो । बाटो अभावका कारण यहाँका मानिसहरुलाई सिमाना पुग्न र दैनिक उपभोग्य सामग्री खरिद गर्न समस्या पर्दै आएको थियो ।
 

कमेन्टहरु
Loading...