अनेरास्ववियुद्धारा मुल्यबृद्धीको विरोध

पोखरा, २६ भाद्र/अनेरास्ववियु जिल्ला कमिटी कास्कीले खिलराज रेग्मीको सरकारले पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धीप्रति कडा शब्दमा विरोध जनाएको छ । अनेरास्ववियु जिल्ला कमिटी कास्कीका अध्यक्ष हरिबोल गौतम, टेक कटुवाल र अर्जुन अधिकारीद्धारा संयुक्त हस्ताक्षरीत विज्ञप्तीमा संविधान सभाको चुनाव गराउनका लागि मात्र बनेको यो सरकारले एकलौटी ढङ्गबाट पटकपटक गरेको मुल्यबृद्धीले चुनावी माहोल विग्रेको साथै चुनाव विरोधीहरुलाई सहयोग पुगेको अनेरास्ववियु जिल्ला अध्यक्ष हरिबोल गौतमले बताए ।

चुवावको साथै नेपालीहरुको महान चाडपर्वको मुखैमा आएर गरिएको मुल्यबृद्धीले सर्वहारा श्रमजिवी जनतालाई ठुलो मर्का पर्ने जनाइएको छ । पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धीले अन्य खाद्यान्न तथा लत्ता कपडा लगायत सम्पुर्ण उपभोग्य बस्तुहरुमा पनि मुल्यबृद्धी हुने भएकाले जनता सोतह मर्कामा पर्ने जनाइएको छ । यस मुल्यवृद्धी जनविरोधी कदम भएकाले तत्काल मुल्यबृद्धी फिर्ता लिन सरकार समक्ष अनेरास्वविुले माग गरेको छ । यदि यस भारी मुल्यवृद्धी फिर्ता नगरे अनेरास्ववियु कडा विरोधका कार्यक्रम घोषण गरि सडकमा आउने अनेरास्ववियु जिल्ला कमिट िप्रचार विभाग प्रमुख क्षितिज पौडेलले बताए ।

कमेन्टहरु
Loading...