विहिबारदेखि पोखरामा राष्ट्रिय सफ्टटेनिस प्रतियोगिता हुँदै

भदौ २६,पोखरा/नेपाल सफ्ट टेनिस संघको आयोजना तथा कास्की जिल्ला सफ्ट टेनिस संघको संयोजकत्वमा विहिबारदेखि पोखरामा एनएसटीए राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगितामा नेपालका पाँचै विकास क्षेत्र तथा विभागिय टिम नेपाल प्रहरी र शसस्त्र प्रहरीबाट समेत गरि झण्डै ४४ जना खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष विनय विक्रम शाले जानकारी दिए । प्रतियोगिता खेलाउनका लागि अन्र्तराष्ट्रिय अम्पायरहरु विकास पाण्डे, आनन्द प्रसाद श्रेष्ठ, बेदकृष्ण श्रेष्ड र विकास सिंह पोखरा आइसकेका छन् । प्रतियोगितामा सहभागिता जनाउनका लागि अधिकांस खेलाडीहरु पोखरा आइसकेको पनि शाले जानकारी दिए ।

पस्र्याङ्ग टेनिस कोर्टमा शनिबार सम्म चल्ने प्रतियोगितामा मेन्स सिंगल र डबल्स, उमन सिंगल र डबल्स तथा मिक्स डबल्स गरि पाँचवटा इभेण्टमा प्रतिस्पर्धा हुने कास्की जिल्ला सफ्ट टेनिस संघका अध्यक्ष अनुज बाँस्तोलाले बताए । विहिबार विहान ८ बजे प्रतियोगिताको उद्घाटन हुने बाँस्तोलाले जानकारी दिए ।

कमेन्टहरु
Loading...