अन्तर ट्याक्सी इकाईस्तरीय सेभेन– ए–साइड फुटबल प्रतियोगिता शुरु

पोखरा, २६ भदौ/भद्रकाली ट्याक्सी इकाई समितिको आयोजना तथा ट्याक्सी व्यवसाय समिति पोखराको प्रायोजनमा पोखरामा बुधबारदेखि अन्तर ट्याक्सी इकाईस्तरीय प्रथम सेभेन–ए–साइड फुटबल प्रतियोगिता शुरु भएको छ। पोखरा – १३ संगमटोलस्थित माछापोखरी खेल मैदानमा शुरु भएको प्रतियोगितामा १० वटा इकाई समितिले सहभागिता जनाएका छन्। प्रतियोगिता शनिवारसम्म चल्ने छ।

ट्याक्सी चालकवीच आत्मियता, सद्भाव एवं खेलकुदको विकास गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको समितिका सचिव एवं प्रचार प्रसार समितिका संयोजक पुर्ण जि.सीले जानकारी दिए । प्रतियोगितामा विजेता समुहलाई नगद ५५ हजार पाँच सय ५५ शिल्ड, मेडल, प्रमाण पत्र र उपविजेतालाई ३३ हजार तीन सय ३३ शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । बुधबार आयोजित कार्यक्रमवीच राष्ट्रिय कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले संयुक्त रुपमा रेफ्री दिपेन्द्र कार्कीलाई फुटबल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा राष्ट्रिय कलाकार श्रेष्ठले हरेक व्यत्ति कुनै न कुनै क्षेत्रको ड्राइभर भएको बताए । राष्ट्रपति देश चलाउने ड्राइभर, प्रधानमन्त्री सरकार चलाउने ड्राइभर, मन्त्री मन्त्रालय चलाउने ड्राइभर, गृहणी घर चलाउने ड्राइभर हुन् उनले भने – देश चलाउनेदेखि सवारी साधन हाक्ने ड्राइभरसम्म सवैको आ– आफ्नै महत्व छ।photo 1

त्यस्तै अर्का कलाकार हरिबंश आचार्यले हरेक पेशा गर्नेहरुको इज्जत हुने बताए। ठग्ने, लुट्ने, भ्रष्टाचार गर्नेहरुको समाजमा इज्जत छैन उनले भने – तर सानो÷ ठुलो जस्तोसुकै पेशा गर्नेहरुको पनि समाजमा इज्जत र प्रतिष्ठा रहन्छ । विश्वका विभिन्न देशहरुको भ्रमणगर्दा पोखरा जस्तो सुन्दर शहर आफुले कहि नभेटेको बताउँदै उनले पोखरा नै नेपालको पहिचान भएको बताए । ट्याक्सी व्यवसाय समिति पोखराका अध्यक्ष गान्धिराज गिरीले पोखरालाई व्यवस्थित बनाउँदै गुणस्तरीय सेवा प्रदान गर्न लागिपरेको बताए। उनले सेवालाई उपभोत्तामुखी र यात्रुमैत्री बनाइने बताए। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक केदार रिजालले पर्यटकीय नगरी पोखरामा यातायात सेवालाई पर्यटन मैत्री बनाउनु पर्नेमा जोड दिए ।

त्यसअवसरमा गण्डकी अञ्चलको यातायात व्यवस्थापनका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेकोभन्दै ट्याक्सी व्यवसाय समिति पोखराका अध्यक्ष गान्धिराज गिरी र संस्थाको विकासमा योगदान पु¥याएकोभन्दै समाजसेवी गोपाल गुरुङलाई सम्मान गरिएको थियो। कार्यक्रममा गणेश तथा भद्रकाली मन्दिर सेवा समितिका अध्यक्ष मेजर रामबहादुर गुरुङ, नेपाल यातायात मजदुर सङ्घ कास्कीका अध्यक्ष जीतबहादुर गुरुङ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्घ कास्कीका अध्यक्ष विष्णु खत्री र अखिल नेपाल ट्रेड युनियन महासङ्घ कास्कीका अध्यक्ष रुद्र गौतमले शुभकामना दिएका थिए । बुधबार पोखरा – बाग्लुड्ड–बेनी ट्याक्सी इकाई समिति र अमरसिंह चोक ट्याक्सीवीचको खेलबाट पोखरा – बाग्लुड्ड–बेनी ट्याक्सी इकाई समिति तथा रामबजार ट्याक्सी इकाई समिति र बगरचोक ट्याक्सी इकाई समितिको खेलबाट बगरचोक ट्याक्सी इकाई समिति क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

कमेन्टहरु
Loading...